होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बाजुरामा छायाकंन गरिएको आधुनिक गीत सार्वजनिक (भिडियो)
पत्रपत्रिका

बाजुरामा छायाकंन गरिएको आधुनिक गीत सार्वजनिक (भिडियो)

  • नागरिक रैबार
बाजुरामा छायाकंन गरिएको आधुनिक गीत सार्वजनिक (भिडियो)

नागरिक रैबार/बाजुरा १० साउन। बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौ कहाँ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

सदरमुकाम मार्तडी बजार र विरेखोला झरनाको रमणीय स्थलमा छायाकंन गरिएको उक्त गीत शुक्रबार एसथ्रिके म्युजिकको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमका विच मार्तडीमा सोही गीतको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले भिडियोको लिकं खोलेर विमोचन गर्नु भएको छ ।

विज्ञापन

चर्चित गायक तथा संगितकार भद्र वलीको स्वर र एरेन्जमा रहेको उक्त गीतको शव्द रेडियो प्रेमी वान नेपालगंजका स्याम गिरीले लेखेका हुन् ।

गीतको छायाकंन तपेश जोनले गरेका छन् । त्यस्तै सम्पादन राजेश कुमारले गरेका हुन् । गीतको निर्देशन राजेश पायल विकले गरेका हुन् । गीतमा राजेश पायल, मदन सुनार, अनिसा रोकाया र मधु विकको अभिनय देख्न सकिन्छ ।

गीतका निर्देश राजेश पायलको अध्यक्षतामा भएकाे विमोचन कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिह रावल रहनु भएको थियो त्यस्तै विशिष्ट अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडूवाल, त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनार रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहाेरी गीत प्रतिष्ठान बाजुराका अध्यक्ष नरबहादुर विक, सुदूर साहित्य प्रतिष्ठान अध्यक्ष हर्क खडायत लगायतकाे सहभागी भएका थिए । कार्यक्रममको सन्चालन प्रेम नेपालीले गरेका थिए । कार्यक्रममा भिडियो हेरिसेकपछि सहभागि सवैले राम्रो प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार