होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • उज्यालिदै मार्तडी बजार
बडीमालिका

उज्यालिदै मार्तडी बजार

  • नागरिक रैबार
उज्यालिदै मार्तडी बजार

नागरिक रैबार
बाजुरा ३ साउन
जिल्लाकाे सदरमुकाम मार्तडी बजार अहिले अध्याराेमा पनि उज्यालाे देखिदै गएकाे छ । बडीमालिका नगरपालिकाले उज्यालाे बडीमालिका अन्तरगत रकम विनियोजन गरेर सदरमुकाम मार्तडी भित्रकाे पक्की सडकमा साेलार बत्ति जडान कार्य सूरू गरेपछि सदरमुकाम मार्तडी बजार अहिले उज्यालिदै गएकाे हाे ।

सदरमुकाम मार्तडीकाे मुख्य बजारमा रातिकाे समयमा चाेरी, कुटपिट जस्ता घटना र सवारी साधान र सर्वसाधारणलाई हिडडुल गर्न समस्या भएपछि सदरमुकाम भित्र साेलार बत्ति जडान गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।
नगर प्रमुख बडुवालका अनुसार पहिलाे चरणमा सदरमुकाम मार्तडीकाे खुलामंच देखि गाैडाडिल र जिल्ला अस्पताल देखि माेहक हाेटल सम्मकाे पक्की सडकमा १५ वटा साेलार बत्ति जडान गरिने भएकाे छ ।त्यस्तै नगरपालिकाले दोस्रो चरणमा हाेटल डिआर मस्टदेखि दुनीहाटबजार हुँदै कारागारसम्म सोलार बत्ती जडान गर्ने तयारी छ ।
पहिलेकाे भन्दा सदरमुकाम मार्तडी बजार अहिले धेरै फरक छ । पहिले सांघुराे बाटाे त्यसैमा हिलाम्मे बाटाे बजारमा खानेपानीका पाईपहरू यत्रतत्र छरिएका देखिन्थे । तर अहिले नगरपालिकाले  सदरमुकाम मार्तडी बजारकाे मुहार नै फेरिदिएपछि सदरमुकामबासी हर्षित भएका देेेेखिन्छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार