होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा पनि देखियो सलह किरा, कृषकहरु चिन्तित
Breaking News

बाजुरामा पनि देखियो सलह किरा, कृषकहरु चिन्तित

  • नागरिक रैबार
बाजुरामा पनि देखियो सलह किरा, कृषकहरु चिन्तित

राजेन्द्र बहादुर रोकाया/बाजुरा १७ असार। बाजुरामा पनी आज सलह किरा देखा परेकोे छ । उक्त किरा बाजुरामा पनी देखा परेपछि किसान भने निकै निरास भएका छन् । सोही सलहको एक समुह बुधबार बेलुका करिब ६ बजेतिर गौमुल गाउपालिका २ पौदालीको आकासमा देखा परेको छ । करिब दुई तिन हजार जतीको ठुलो समुहमा आकासमा फट्याग्रा जस्तै किरा घुमिरहेको गौमुल २ पौदालीबाट रामचन्द्र धामीले जानकारी दिनुभएको छ ।

सलह किराले बालि सिध्याउने सुनेका किसानहरुले आकासमै प्रस्ट देखीएकाले किसानहरु चिन्तीत भएका छन् । यता कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोबिन्द्र सिजापतीका अनुसार बाजुरामा सलह किरा बडिमालिका नगरपालिकामा मात्रै देखीएको जानकारि आएको र बडिमालिका नगरपालिकामा सानो संख्यामा सलहको झुण्ड भएकाले खासै असर नपार्ने बताउनुभयो ।

गोमुलमा त्यति धेरै संख्यामा सलहको झुण्ड देखीएको आफुलाई जानकारी नआएको र सम्बन्धीत पालिकाका कृषि शाखा प्रमुखलाई सलहको बारे रिपोटीङ गर्ने भनिसकेको बताउनुभएको छ । उक्त किराको समुहले अहिले नै खासै क्षति गर्न भयाता पनी किसानहरुले सतर्क रहन कृर्षि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको छ ।

विज्ञापन

यस्तो किरा कतै देखा परे नजिकै रहेको कृषि बिकास शाखा वा कृर्षि ज्ञान केन्द्र बाजुरामा जानकारी गराउन कृषि ज्ञान केन्द्र बाजुराका कार्यलय प्रमुख गोबिन्द्र सिजापतिले आग्रह गर्नुभएको छ । नेपालमा सलह प्रवेश गर्दैन भन्ने कृर्षि तथा पशुपन्छि बिकास मन्त्रालयको भनाईलाई नै गलत साबित गर्दै नेपालमा समेत प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ का बिभिन्न जिल्लाहरुमा सुरुमा सलह किरा देखा परेको थियो ।

प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ का बिभिन्न जिल्लामा सलह देखीएपछि कृर्षि बिज्ञहरुले सलहबारे अध्यान पनी सुरु गरेका छन् । सुरुमा उक्त दुई प्रदेशमा सलह देखा परेपछि बिस्तारै सुदुरपश्चिम प्रदेशमा समेत उक्त किरा देखा परेको थियो । मन्त्रालयले गठन गरेको बिषेश कार्यदलले फट्याग्रा प्रजातीको सलह किरा नेपाल नआउने प्रतिबेदन दिएको २२ दिन पछि चार लाख संख्याको समुहमा सलह नेपाल प्रबेश गरेको थियो । कार्यदलले मनसुन सुरु भैसकेकाले सलह नेपाल नेपाल आउदैन भन्ने प्रतिबेदन निकालेको थियो ।

अहिले आएको सलहको झुण्डले केही प्रदेशमा बालि खान सुरु गरिसेको छ । लाखौंको संख्यामा हुने सलहको झुण्डले हरियालीलाई छिन भरमै उजाड बनाउने गरेका छन् । अहिले बाजुरामा पनी धान रोप्ने र मकै गोड्ने समय हो । यो समयमा एउटा झुण्डले २५ जनाले खान पुग्ने खाद्यान्नको बनसपति नष्ट गर्न सक्छन् । कुषि ज्ञान केन्द्रका अनुसार नेपालमा आएको सलह यमन बाट साउदी अरबिया ईरान हुदै नेपाल आएको बुझिएको छ । यस भन्दा अघि सन् १९६० मा काठमाण्डौं उपत्यका सहित धादिङ नुवाकोट काभ्रे लगाएतका जिल्लामा सलह देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार