होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ […]
५ साउन, काठमाडौं । आज आइतबार प्रकाशित पत्रिकाहरुमा सामाजिक विषयवस्तुका समाचारले प्राथमिकता पाएका छन् । अन्नपूर्ण पोष्टले मात्र राजनीतिक विषयबस्तुलाई प्रमुख समाचार बनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालको नालीबेली छ । सरकारले प्रतिवन्ध लगाए पनि विप्लव समूहले युद्धकालीन सांगठनिक संरचना बनाएर गतिविधि गरिरहेको छ । अन्य दलजस्तो विधानका आधारमा निश्चित समयका […]
‘यो मानिसको एउटा छोटो कदम हो र मानवताको लामो छलाङ्ग ।’चन्द्रमामा पाइला राख्ने पहिलो मानव निल आर्मस्ट्रङ्गले आफ्नो चन्द्रयात्राका बारेमा भनेको कुरा हो यो । २० जुलाई १९६९ मा यी अमेरिकी अन्तरीक्षयात्रीले चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । निल आर्मस्ट्रङ्ग चन्द्रमामा पुगेयता अहिलेसम्म १२ जना मानिस चन्द्रमामा टेक्न सफल भएका छन् । चन्द्रमामा पहिलोपटक […]
रामबहादुर विक/बाजुरा ४ साउन। जिल्ला प्रहरी कार्यालय बाजुराले ५ सय ६५ अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले बडीमालिका नगरपालिका वडा नं ९ फडिल्ला गाउँमा रहेका घर तथा गोठहरुमा चेकजाँच गर्दा अवैध घरेलु मदिरा सहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ […]
नागरिक रैबार/बाजुरा ४ साउन । जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी २७ वर्षीया लक्षु वि.क. रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले बताएका छन् । शनिबार विहान ७ःबजे गाईगोरुलाई राताखाली भन्ने मेलामा घाँस काट्न गएका बेला विकको लडेर मृत्यु भएको बताइएको छ । मृतकका तीन छोरा […]
नागरिक रैबार/बाजुरा ३ साउन। बाजुराको जगन्नाथ गाउँपालिकामा शुक्रवार विहान यात्रु बाहक जिप दुर्घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार जीप दुर्घटनामा परि घाईते भएकाहरुलाई जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही, जिल्ला दैविक प्रकोप उद्धार […]
नागरिक रैबार/बाजुरा ३ साउन । जगन्नाथ गाउँपालिका–५ स्थित कर्णाली करिडोर सडक अन्तरगत भुवाखोलामा शुक्रबार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरंको जीप दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा परि कैलालीको […]
नागरिक रैबार/बाजुरा ३ साउन । बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको कर्णाली करिडोर सडकमा शुक्रबार क १ ज २१ नम्बरको जीप दुर्घटना भएको छ । जीप पिलुचौरबाट कालिकोट तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा परि २ को मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । त्यस्तै ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला […]
काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप […]
काठमाडौं । बुहविवाह गर्ने र यौनहिंसामा संलग्न रहँदै अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने कानुन बनाउन लागिएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने, अन्य देशको डिभी/पिआर लिने, घरेलु हिंसा गर्ने र राज्यको गोपनीयता भंग गर्ने कर्मचारीलाई पेन्सन सुविधा नदिने सहमति जुटाएको हो ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सहमति जुटाएका हुन् । मंगलबार बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए । बालुवाटार स्रोतका अनुसार दुवै एकताको बाँकी कामहरु टुंगोमा पुर्याउने गरी अध्यक्षद्वयबीच सहमति भएको […]
गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ । […]
काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाएको छ । आज सो पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडीहरु साउन ७ गतेदेखि चल्न नदिने घोषणा गरेका हुन् । जारी विज्ञप्तिमा सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर […]
काठमाडौं । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् । ‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक […]
नागरिक रैबार बाजुरा १ साउन । प्रथम बाजुरा महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघले गत जेठ ३ देखि ९ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा संचालन गरेको प्रथम बाजुरा महोत्सवको आयव्यय बारे पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ […]
देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण […]
नागरिक रैबार/ बाजुरा १ साउन । हप्ता दिन देखिको अविरल वर्षाका कारण सदरमुकाम मार्तडी बजार हिलाम्मे भएर स्थाथीयलाई हिँडडुल गर्न निकै समस्या भएपछि नगरबासीहरुले सामाजिक संजालदेखि देखि चिया पसल सम्म सडककै हिलोको बारेमा चियो चर्चा गर्ने गरेका थिए । सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेका गौडा डिलदेखि प्रशासन सम्मको सडक र डिभिजन वन कार्यालय देखि जिल्ला […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय बेलधन बुढा रहेका छन् । मगलबार विहान घर नजिकै रहेको वनमा घाँस काट्न गएका वेला उनकाे भिरबाट चिप्लिएर लडेपछि मृत्यु भएको हो । मगलबार गाइवस्तुका लागि घाँस काट्न गएका मृतक बुढा समयमै घर […]
नागरिक रैबार/बाजुरा १ साउन। पहिरो रोकथाम गर्नका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ को सिमानेपानीमा रहेको २ हेक्टर बन क्षेत्रमा बृक्षारोपण गरिएको हो । उक्त क्षेत्रमा निरन्तर पहिरो बग्दै गएपछि पहिरो रोकथाम र हरियाली बातावरण बनाउन २ हजार ६ विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको सिमानेपानी वृक्षारोपण संरक्षण […]
नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ । नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा […]