होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली सेनाको पोशाक खरिद बिक्रि गर्ने र लगाउनेलाई कारवाही हुने
समाचार

नेपाली सेनाको पोशाक खरिद बिक्रि गर्ने र लगाउनेलाई कारवाही हुने

  • नागरिक रैबार
नेपाली सेनाको पोशाक खरिद बिक्रि गर्ने र लगाउनेलाई कारवाही हुने

नेपाली सेनाको पोशाक खरिद बिक्रि गर्ने र लगाउनेलाई कारवाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबार एक सूचना जारी गर्दै स्थानीय बजारमा सेनाले लगाउँदै प्रयोग गर्ने क्यामोफ्लाईज कपडा स्थानीय बजारमा बिक्रि भईरहेको भन्दै खरिद बिक्रि नगर्न आग्रह गरेको छ।

क्यामोफ्लाईज कपडा गैर सैनिकले लगाउन नपाउने भएपनि वनका रक्षक, निजी क्षेत्रका सुरक्षा गार्ड, गैर सैनिक व्यक्ति तथा अपराधिक समूहले समेत प्रयोग गर्ने गरेको पाईएकाले उक्त कपडा प्रयोग नगर्न जारी सूचनामा उल्लेख गरिएको छ। सैनिक कपडाको खरिद बिक्रि एवं प्रयोग गरेको भेटिएमा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि केही दिन पहिले मात्र गृह मन्त्रालयले नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन गर्न भन्दै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। मन्त्रालयले नेपाली सेनाको आग्रहमा ७७ वटै जिल्लामा सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो। दिनेशखबरबाट

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार