होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन् ।शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका […]
काठमाडौँ — जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताहरूले आक्रमण गरेको […]
रामपुर (पाल्पा): पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन्। स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन्। दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहेका छन्। एकातिर शिक्षा र चेतनाको कमीले […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। जिल्ला प्रशासन कार्यालय बाजुराले आफुसँग भएका हातहतियार चैत्र मसान्त सम्म जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाइ मध्य नजर राखि निर्वाचनलाई विश्वसनिय एवंम भरपर्दाे बनाउन माननीय गृह मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार कानुन वमोजिम इजाजत पत्र लिइ हातहतियार राखेका […]
काठमाडौं । काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई […]
चितवन । छ महिना छ दिनमा आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिम चुचुराहरू आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । चितवनमा भएको भेटमा अध्यक्ष प्रचण्डले आरोही पुर्जाका साहस र अनुभव सुनेर उनलाई थप सफलताको लागि हौसला प्रदान गर्दै विश्वका […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति बाजुराको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न भएको हो । छैटौ अधिबेशनबाट शेर बहादुर रावलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जसमा अध्यक्ष शेर बहादुर रावल, उपाअध्यक्षमा नृप थापा भोटे, सचिवमा […]
काठमाडौं । सेतो भ्यानको ढोका खोलिएको छ । उघारिएको ढोकाको सिसा भित्रबाट लुकिङ ग्लास हेरिरहेको छ एक तिलचामले दारी फुलेको अधवैंसे पुरुष । हातमा रुमाल बोकेको ऊ आफ्ना फुलीसक्न लागेका दारी हेर्दै हातले मुसार्छ । लुकिङ ग्लासमा देखिन्छिन् एक महिला । ऊ उनैलाई नजानिँदो पाराले हेर्छ । उमेर २५/२६ देखिने ती महिला गम्छा बेर्दै उनलाई […]
काठमाडौं। एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ हलमा रिलिज भइसकेको छ। योसँगै फिल्म ‘आरआरआर’ले पहिलो दिन हिन्दी र तेलुगुमा बक्स अफिसमा धमाका मच्चाएको छ। फिल्म ‘आरआरआर’ले पहिलो दिन तेलुगुमा २३ करोडभन्दा बढी र हिन्दीमा २० करोड माथिको कमाइ गरेको छ। साथै फिल्म ‘आरआरआर’ तेलुगुमा पहिलो दिन २३ करोडभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ। प्रारम्भिक प्रवृतिले […]
बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका- ९ की आकृति खनाल रहेका […]
दोलखा — कोरियाका लागि भाषा तथा सीप परीक्षणको आवेदन खुलेपछि राहदानी बनाउन आएकी भीमेश्वर–३ की सञ्जिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा एक रात अनिँदै बिताउनुपर्यो । सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा अचेल राति ८ बजेबाटै युवाहरूको लाइन लाग्छ । राति ९ बजे प्रशासन कार्यालयको मूल ढोकामा लाइन बसेकी सञ्जिताले राहदानी बनाउन आवश्यक […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुरामा जङ्गली मेलमा नास्पाती फलाउने योजना सफलतातर्फ उन्मुख भएको छ। कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाइने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको थियो। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना सफल भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए। कृषि ज्ञान […]
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो । आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको […]
नागरिक रैबार/ बाजुरा १२ चैत। बाजुराकाे गौमुल गाउँपालिकामा एक जना किशोरीकाे भिरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ६ कि कलु चदाँराकी १७ वर्षीया छोरी पुष्पा चदाँरा रहेकि छन् । घरका लागि सामान किन्न पसल गएर घर फर्किने क्रममा रातीमाटाे भन्ने भिरबाट लडेर मृत्यु भएकाे आफन्तले बताएका छन् । किशोरीकाे ५० मिटर तल […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको हिमाली गाउँपालिकामा पनि आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला अस्पताल बाजुराको सयुक्त आयोजनामा हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट गाउँपालिकाको धुलाचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शसत्र प्रहरी बल नेपालको आयोजना र महान्याधिवक्ताको कार्यालय काठमाण्डौंको सहयोगमा उक्त शिविर आजबाट बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो । शिविरको एक कार्यक्रमका विच महान्याधिवक्ता खम्मबहादुर खातिले उद्धघाटन् गरेका हुन् । आजबाट ३ दिनसम्म संचालन हुने […]
काठमाडौं । गायक प्रकाश सपुतले कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर आफ्नो गीत ‘पीर’को भिडियोबाट एक दृश्य हटाएको बताएका छन् । ‘पीर’ गीतको भिडियोमा एक पूर्वमाओवादी लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएको विषयमा उनले यस्तो प्रष्टीकरण दिएका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गायक सपुतले गीतमा समावेश उक्त दृश्यले समाजका केही व्यक्तिको चित्त दुखेको […]
काठमाडौं, १० चैत्र । आगामी स्थानीय चुनावमा निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आज नियमित पत्रकार सम्मेलन गर्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले यस्तो बताएका हुन् । उनले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र छापिने जानकारी दिएका हुन् । उनले मतपत्र छपाइको […]
नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले […]