होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ ।त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । ती अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज काठमाडौं आएको हो […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन । उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन […]
काठमाडौं, ४ चैत्र । अब शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने भएको छ । यो पाठ्यक्रम चैत्र २ गतेबाट लागु हुने आयोगले जनाएको छ । आयोगको अनुसार परीक्षाको लागि समय १ घण्टाको हुनेछ । प्रथम तहको वस्तुगत प्रश्नहरु ४० प्रतिशत, द्धितिय तहका लागि ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत […]
निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ । जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा […]
आज शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरको हल भने सबै पाएको छैन । किनभने बलिउडको ‘बच्चन पाण्डे’ र ‘द कश्मीर फाइल्स’ पनि हलमा लागेका छन् । ‘चिसो एष्ट्रे’को गत बुधबार प्रिमिएर समेत भएको थियो । प्रिमिएरमा राम्रो पूक्रिकिया पाएको फिल्म निर्माणमा ७ बर्ष लागेको छ । […]
नागरिक रैबार / बाजुरा ४ चैत । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ ।गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र बुढीनन्दा नगरपालिकाको आयाेजनामा काेल्टी प्राथमिक केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरकाे एक कार्यक्रमका विच पुर्वउद्याेग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका […]
धनगढी : सेती अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको छ। बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सेती प्रादेशिक अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको हो। डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल […]
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । यूएई […]
आगामी निर्वाचनमा भाग लिने उम्मेदवारको अनिवार्य बैंक खाता चाहिने भएको छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको निर्वाचनसम्बन्धी आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवारी अधिकारी पनि तोक्नुपर्नेछ । त्यस्ता अधिकारीको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पेश […]
रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ ।बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ का कतिपय व्यवस्था सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पालना गर्नुपर्नेछ । ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचार संहिता लागू हुने दिन भने आयोगले पछि तोक्नेछ […]
नागरिक रैबार/बाजुरा ३ फागुन । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना युवा माथि खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्।घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व सदरमुकाम मार्तडीमा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो । यस वर्ष भने […]
काठमाडौं। सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् ।बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे । ‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो छ,‘भएका र नभएका […]
काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको […]
काठमाडौँः सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ। ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ। ‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ। तर, बेतको लाठीका लागि […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल […]
रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा आयोजना हुने विभिन्न मेला, पर्व, भेला र सम्मेलनहरूमा ६१ वर्षीया पुतला दमाईंसहित हीरा परियार, कमला नेपाली, कुमारी नेपालीलगायत महिलाले बाजा बजाउने जिम्मा पाउँछन् । बाँफिकोट गाउँपालिका–२ का काली परियार, सुन्पा परियार, लालमाया परियारलगायतले पनि पालिकास्तरमा हुने कार्यक्रममा पञ्चेबाजा बजाउँदै आएका छन् । पुरुषहरूले मात्रै बाजा बजाउने मान्यता तोडेर यी दुई समूहमा आबद्ध […]