होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुरक्षामा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार
समाचार

सुरक्षामा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार

  • नागरिक रैबार
सुरक्षामा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए । थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुगेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार