होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य सचिवले गुट्खा चपाउँदै ‘अम्मल नगरौँ’ भनेपछि…
समाचार

स्वास्थ्य सचिवले गुट्खा चपाउँदै ‘अम्मल नगरौँ’ भनेपछि…

  • नागरिक रैबार
स्वास्थ्य सचिवले गुट्खा चपाउँदै ‘अम्मल नगरौँ’ भनेपछि…

काठमाडौंः यतिबेला सामाजिक सञ्जालमा एउटा रोचक भिडिओ भाइरल बनिरहेको छ। भिडिओ हो नेपाल सरकारका स्वास्थ्य सचिवले नै गुट्खा चपाउँदै अम्मल नगर्न दिएको सुझाव।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ आइतबार बिहान मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेलले बोलेको भिडिओ ट्विटरमा राखेको छ। त्यो भिडिओमा मन्त्रालयले दिन खोजेको सन्देश त सकारात्मक छ, तर रमाइलो के भने स्वास्थ्य सचिव पोखरेल अम्मल नगरौँ भन्ने सुझाव दिइरहेका छन् तर स्वयं गुट्खा चपाएर।

भिडिओमा उनका दाँतभरि गुट्खाका टुक्रा टाँसिएको देख्न सकिन्छ, तर उनी भनिरहेका छन्, ‘बिहान र बेलुका फ्लोरोडाइयुक्त दन्त मञ्जनले दाँत माझौँ दुईटा दाँतको बीचमा जहाँ ब्रस पुग्दैन दन्तर फ्लसहरू प्रयोग गरौँ दक्ष जनशक्तिबाट ६र६ महीनामा नेपाल मेडिकल माउन्सिलमा दर्ता भएका चिकित्सकबाट दाँतको जाँच गरौँ र अम्मलहरू गर्नबाट बचौँ यो गर्‍यो भने मुख स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ यसमा हामी सबै लागौँ सबै जुटौँ।”

विज्ञापन

उक्त भिडिओको आलोचना भइरहेको छ। आलोचनापछि मन्त्रालयले आफ्नो आधिकारिक ट्विटरबाट उक्त भिडिओ‌ हटाएको छ। दिनेश खबरबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार