होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हलिउड अभिनेताले किशोरीलाई सिकाए आत्मरक्षा कौशल
समाचार

हलिउड अभिनेताले किशोरीलाई सिकाए आत्मरक्षा कौशल

  • नागरिक रैबार
हलिउड अभिनेताले किशोरीलाई सिकाए आत्मरक्षा कौशल

काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिम्याकले नेपाली किशोरीलाई आत्मरक्षासम्बन्धी मार्सल आर्ट्स तालिम दिएका छन् । काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजका किशोरीलाई उनले आत्मरक्षा कौशल सिकाएका हुन् ।

एक्सन फर नेपाल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी यसैसाता नेपाल आएका थिए । सन् १९९८ देखि नेपाली फिटनेस कोचले सञ्चालन गर्दै आएको किशोरीको आत्मरक्षा सम्बन्धी अभियानमा सिम्याकले सहकार्य गरेका हुन् ।

एक्सन फर नेपालले प्रेस विज्ञप्ति जारी गर्दै किशोरीमा आत्मविश्वास जगाउँदै उनीहरुको समग्र विकासमा सघाउनु तालिमको उद्देश्य रहेको जनाएको छ । नेपालमा पछिल्लो समय वृद्धि भइरहेको लैंगिक हिंसासम्बन्धी घटनालाई न्यूनीकरण गर्न यस्तो तालिमले मद्दत पुर्‍याउने जनाइएको छ ।

विज्ञापन

तालिममा सयभन्दा बढी किशोरीले भाग लिएका थिए । अभिनेता सिम्याकले किशोरीमाथि शारीरिक आक्रमण भए कसरी ज्यान जोगाउने बारेको कौशल सिकाएका थिए । हिंसारहित समाजको लागि आफूले काम गरिरहेको अभिनेता सिम्याकले बताएका थिए ।

नेपाली आफूलाई मनपर्ने मुलुक भएको र यहाँका मानिस दयालु र करणादायी रहेको उनले बताएका छन् । एक्सन फेर नेपालका दूत समेत रहेका सिम्याकले ट्रान्सपोर्टर ३, टेन डेड म्यान, द विजर्ड्स हन्टर लगायतका अंग्रेजी फिल्ममा अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार