होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सशस्त्रले खोस्यो भारतीय स्काभेटरको चाबी
प्रदेश ७

सशस्त्रले खोस्यो भारतीय स्काभेटरको चाबी

  • नागरिक रैबार
सशस्त्रले खोस्यो भारतीय स्काभेटरको चाबी

दार्चुला– सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको हो ।

अनुमतिबिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो ।

‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो त्यसैले हामिले चाबी थुतेका हौँ,’ प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले भने, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएन ।’

विज्ञापन

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । ‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको छ । चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेटर चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन् ।’

उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो । यो आज मात्रै होइन भारतीय पक्षले बेला बेला यस्ता हर्कतरु गर्दै आएको छ । एकसाता अगाडि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीबीच महाकालीमा तटबन्ध निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन ।

‘के कुरा भयो, के सहमति भयो कुनै जानकारी छैन,’ स्थानीय अनिल जोशीले बताए। बेला बेला भारतीय पक्षले नेपालीहरुलाई दमन गर्ने काम जारी राख्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार