होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार ९८ हजार ६ सयमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी […]
रुकुम पश्चिम — उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ र उपाध्यक्षमा कर्माडुन्डुप गुरुङको एकल उम्मेदवारी पर्यो । अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भए । उनीहरू निर्वाचित भएको सूचना निर्वाचन अधिकृतको कार्यालयमा टाँस गरिसकेको छ । अब वैशाख ३० गते अध्यक्ष उपाध्यक्षमा मात्रै होइन यस गाउँपालिकाका ७ वटै वडामा मतदान हुनेछैन । किनकि सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका […]
काठमाडौं, बैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार […]
धनगढी । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कैलाली आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारका लागि मत मागेका छन् । सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् । ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका […]
काठमाडौँ: काठमाडौं महानगरपालिकामा नेकपा एमालेतर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्। सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने, ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ। यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’ भोट नहाल्दा तिमी […]
बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद थियो, अहिलेसम्म […]
कैलाली: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौराको मृत्यु भएको हो। गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका बृद्धलाई ठक्कर दिएको हो। मोटरसाइकलसहित फरार रहेका चालकको […]
आगामी वैशाख ३० गते हुने हुने स्थानीय तह सदस्य निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउनेछन्। उनीहरूले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागे मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई अनुमति दिनेछन्। ‘दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा […]
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित निकालेको छ।घरेलु मैदानमा सिटीले न्युक्यासललाई ५–० गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। सिटीको जितमा रहिम स्टर्लिङले २ तथा लापोर्टे, रोड्री र फोडेनले १-१ गोल गरे।खेलको १९ औं मिनेटमा स्टर्लिङले हेड गोलमार्फत सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। एमरिक लापोर्टेले ३८ औं मिनेटमा गोल […]
सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया […]
कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो । साे क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज […]
डोटी र। बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘हाम्रा अधिकांश गाउँ वर्षौंदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन अवस्थामा छन्, जसले विद्युत् र सञ्चार बिस्तार गर्छु भनेर कमिटमेन्ट गर्छ उसैलाई […]
सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् । देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास […]
काठमाडौं । यही वैशाख ३० दिनमा स्थानीय तहको निर्वाचन हुँदैछ । दलका नेता-कार्यकर्ता आ-आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।अघिपछि अत्तोपत्तो नहुने नेताहरूलाई जनताको घरदैलो पुग्ने, समस्या सुन्ने र आश्वासन दिने काममा भ्याइनभ्याइ छ । समाजको तल्लो तहमा पारिएका वर्ग, समुदायसँग दल र नेताहरू नजिकिने चुनावकै समयमा हो । नेपालको कुल जनसंख्यामा दलित समुदायको हिस्सा १४ […]
काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको उनले जानकारी […]
नागरिक रैबार बाजुरा २५ बैशाख। बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी […]
ईलाम, २५ बैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ […]
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको उल्लेख गरिएको छ ।