होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या
समाचार

चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

  • नागरिक रैबार
चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् ।

ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका-६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

विज्ञापन

सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।

यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ९ जना, वाग्मती, गण्डकी र कर्णालीबाट ८/८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै