होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जहाँ सधैं निर्विरोध हुन्छन् जनप्रतिनिधि
समाचार

जहाँ सधैं निर्विरोध हुन्छन् जनप्रतिनिधि

  • नागरिक रैबार
जहाँ सधैं निर्विरोध हुन्छन् जनप्रतिनिधि

रुकुम पश्चिम — उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ र उपाध्यक्षमा कर्माडुन्डुप गुरुङको एकल उम्मेदवारी पर्‍यो । अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भए ।

उनीहरू निर्वाचित भएको सूचना निर्वाचन अधिकृतको कार्यालयमा टाँस गरिसकेको छ । अब वैशाख ३० गते अध्यक्ष उपाध्यक्षमा मात्रै होइन यस गाउँपालिकाका ७ वटै वडामा मतदान हुनेछैन । किनकि सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपल्लो डोल्पाकै काइके गाउँपालिकामा अध्यक्षमा अंगतकुमार राना र उपाध्यक्षमा निमा बुढाले मात्र उम्मेदवारी हाले । सेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा धावासम्दुक गुरुङ पनि निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको छ । अब सेफोक्सुण्डोका ९ मध्ये ३ वडामा मात्र निर्वाचित हुनेछ । डोल्पोबुद्धमा उपाध्यक्षमा पेमादोर्जे गुरुङ पनि निर्विरोध चुनिएका छन् ।

विज्ञापन

उपल्लो डोल्पाका ४ स्थानीय तहमा यसअघिको स्थानीय तह निर्वाचन–२०७४ मा पनि जनप्रतिनिधि यसरी नै निर्विरोध भएका थिए । ‘त्यसभन्दा अघिका चुनावमा पनि एकल उम्मेदवारी पर्ने गरेको रहेछ,’ डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले भने, ‘एकल उम्मेदवारी हुँदा सबैलाई निर्विरोध निर्वाचित गरेका छौं ।’ उनले जिल्लाका ८ वटै स्थानीय तहमा निर्विरोध निर्वाचित भएको तथ्यांक संकलन भइरहेको बताए ।

माथिल्लो डोल्पामा दुई तवरबाट जनप्रतिनिधि निर्विरोध हुने गरेका छन् । कतै जनताले नै सर्वसम्मत चयन गरेका छन् भने कतिपय ठाउँमा बलजफ्ती पनि हुने गरेको छ । डोल्पोबुद्ध गाउँपालिका धोतरापका ग्याल्पोभोटे थापाले उपल्लो डोल्पाका केही ठाउँमा सर्वसम्मत निर्वाचित गर्ने चलन भएको बताए । तर पछिल्लो समय कतिपय क्षेत्रमा बलजती हुने गरेको पनि उनको भनाइ छ । माथिल्लो डोल्पामा प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले बल मिच्याइ गरेको आरोप स्थानीयको छ । केही दिन पहिले डोल्पोबुद्धका सर्वसाधारणले सर्वसम्मत जनप्रतिनिधि चुन्न भेला गरेका थिए । भेलामा उनीहरूले गाउँ बाहिरका मान्छे आउन नदिनेसम्मको निर्णय गरे । तर बाहिरबाट सांसद बुढा कार्यक्रम गर्ने उद्देश्यसहित गाउँ प्रवेश गरे । अन्त्यमा स्थानीयले ढुंगामुढा गरेपछि हेलिकोप्टर बोलाएर उनी काठमाडौं उडे ।

उपल्लो डोल्पामा लामो समयदेखि स्वतःस्फूर्त नेतृत्व छनौट गर्ने र मत हाल्न पाउने अधिकार मिच्ने गरी गतिविधि भइरहेका स्थानीय पाल्देन लामाले बताए । ‘मतदाताको संख्या पनि उपल्लो डोल्पामा कमै छ,’ उनले भने, ‘त्यसमा पनि कतिपय व्यक्तिहरूले दबाब दिएर वर्षौदेखि यहाँको माहोल बिगारिरहेका छन् ।’ चुनावको समय मात्रै होइन अन्य समयमा पनि उपल्लो डोल्पामा खास राजनीतिक गतिविधि नहुने उनले बताए । यसबारे प्रतिक्रिया लिन खोज्दा सांसद बुढाले भने दिन मानेनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार