होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ ।शुक्रबार रिलिज गरिएको एक्सन-थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ । रजनीश राजी घईको निर्देशनमा […]
बाजुरा । एउटा राजनीतिक दलमा आएको विभाजनको असर जनताको तहसम्म कसरी पर्छ भन्ने उदाहरण बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ । यहाँको दलित समुदाय अहिले नेकपा एमाले फुटको चपेटामा छ । नेकपा एमाले फुट्नु भन्दा पहिला जुकोट गाउँका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमाले थिए । उनीहरुको खेतबारी कमाउने र उनीहरुकै छत्रछायाँमा त्यहाँ […]
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् […]
नागरिक रैबार/बाजुरा १८ बैशाख। बाजुराको त्रिबेणी नगरपालिमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको छ । देशभर सत्ता पक्षधरको गठबन्धन गर्ने लिखित सहमति भएको भएपनि बाजुराको त्रिवेणी नगरपालिकामा भने एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको हो।नेपाली काँग्रेसले जिल्लाका नौ ओटै पालिकामा प्रमुख पद नछोड्ने गरि उम्मेदवारी दर्ता गराए पछि त्रिबेणी नगरपालिकामा माओवादी […]
स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि […]
नागरिक रैबार/बाजुरा १६ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमालेको पार्टी कार्यालयमा केन्द्रीय सदस्य लालबहादुर थापाले नगर कमिटीले तयार पारेको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बडीमालिका नगर कमिटीले तयार गरेको २० […]
नागरिक रैबार/बाजुरा १६ बैशाख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा शुक्रबार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकाका लागि मृुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र आज मार्तडीमा आइपुगेको मुख्य निर्वाचन […]
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो । मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट एक लाख ५३ हजार २ जनाको […]
पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।
नागरिक रैबार/बाजुरा १५ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ । युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ […]
यात्रुवाहक जिप दुर्घटनामा परी दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी […]
त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ । त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ । विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढढेको आयात र […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष)ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरे । ‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको […]
बाजुरा : नेकपा एमाले बुढीगंगा नगर कमिटीले स्थानीय तह निर्वाचनमा युवा अनुहारलाई प्राथमिकता दिएको छ । पालिका प्रमुख उपप्रमुख देखि वडा अध्यक्ष सदस्यसम्म सबैजसो युवा अनुहार नै देखिएका छन् । पालिका प्रमुखमा रामबहादुर बाँनीया र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा झिनो मत अन्तरले काँग्रेस उम्मेदवारसँग पराजित बाँनीया र कुँवर दुबै जनालाई […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रह गतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने […]
अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ । स्थानीयको बिहे […]
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, अधिकतम २१ लाख ६५ हजार ४१३ जना आवेदकहरुको हात खाली हुन पुगेको छ । कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता […]