होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म्यानचेस्टर सिटीको सानदार जित
समाचार

म्यानचेस्टर सिटीको सानदार जित

  • नागरिक रैबार
म्यानचेस्टर सिटीको सानदार जित

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित निकालेको छ।घरेलु मैदानमा सिटीले न्युक्यासललाई ५–० गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।

सिटीको जितमा रहिम स्टर्लिङले २ तथा लापोर्टे, रोड्री र फोडेनले १-१ गोल गरे।खेलको १९ औं मिनेटमा स्टर्लिङले हेड गोलमार्फत सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। एमरिक लापोर्टेले ३८ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे।

दोस्रो हाफमा थप आक्रमक बनेको सिटीले तीन गोल गर्‍यो। ६१ औं मिनेटमा रोड्रीले हेडमार्फत गोल गर्दै सिटीलाई ३–० ले अगाडि बढाए।खेलको अन्तिम मिनेटमा फिल फोडनले गोल गर्दै अग्रता ४-० मा पुर्‍याए। त्यस्तै इन्ज्युरी समयमा स्टर्लिङले अर्को गोल थप्दा सिटीले फराकिलो जित निकाल्यो। प्रिमियर लिगमा सिटीको यो लगातार तेस्रो जित हो ।

विज्ञापन

यो जितका साथ लिभरपुललाई पछि पार्दै सिटी अंक तालिकाको शीर्षस्थानमा उल्किएको छ। अन्तिम ३ खेल बाँकी रहँदा सिटीले लिभरपुललाई ३ अंकले पछि पारेको छ।३५ खेलबाट सिटीले ८६ अंक र दोस्रो स्थानको लिभरपुलको ८३ अंक जोडेका छन्।

लगातारको हारपछि ४३ अंकका साथ न्यूक्यासल १३ औं स्थानमा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै