होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने
समाचार

धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

  • नागरिक रैबार
धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।

देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।

धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार छिन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ ।

विज्ञापन

प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै