होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १९ बैशाख। बाजुराकाे बुढिगंगा नगरपालिकाका निर्वाचन अधिकृत फेरिएका छन् । बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा जानुपर्ने भएका कारण उनकाे सट्टामा कृष्ण प्रसाद साप्काेटा आएका छन । बुढिगगा नगरपालिका निर्वाचन अधिकृत स्थापीत बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् […]
आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले […]
निर्वाचन आयोगले उम्मेदवारी नदिने दलको निर्वाचन चिह्न मतपत्रमा नराख्ने सैद्धान्तिक निर्णय त गरेको छ । त्यसका लागि सबै पद खाली हुनुपर्ने मापदण्ड बनाएकाले निर्णयको कुनै अर्थ हुने देखिंदैन । १९ बैशाख, काठमाडौं । निर्वाचन आयोगले केही दिनअघि काठमाडौं महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र सबैभन्दा ढिलो छाप्ने भनी निर्णय गर्यो । उम्मेदवारहरुको मनोनयन, दावीविरोध, छानविन र […]
नेपालमा आवश्यकता भन्दा अधिक मात्रामा प्रयोग गरेको पाइएको छ । नेपालमा अधिक मात्रामा नुनको उपभोग गर्ने प्रतिदिन बढ्दै गए पनि सरकारले आवश्यक कुनै कदम चाल्न सकेको छैन । करिब डेढ वर्षअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोडिनयुक्त नुन अधिक मात्रा सेवन हुँदै आएकाले जनस्वास्थ्यमा ठुलो असर पुर्याउने बताउँदै आयोडिनको मात्रा घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ ।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान नगरपालिकाको वडा नं. १ बाट सुरु गरेको हो । यस अघि नगरका १० वटै वडाका मतदातासंग प्रत्येक्ष साक्षात्कार गरिसकेको एमाले बुढीनन्दा नगर कमिटीले आजबाट पुनः घरदैलो अभियान सुरु गरेको हो । १ नं. […]
नागरिक रैबार/बाजुरा १८ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी फिर्ता अवधी सकिए लगत्तै टोल बस्तीमा घरदैलो सुरु गरिएको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । नौ वटै वडाका अध्यक्ष सहीतका उम्मेदवारहरु वडा केन्द्रीत गरिएको र नगर प्रमुख उपपप्रमुखका उम्मेदवारहरु प्रत्येक टोल बस्तीमा […]
काठमाडौँ । आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । नर्वाचित हुुनेहरुमा वडा १८ की […]
पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि […]
मुम्बई । मनी लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दाका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनमा लगातार सञ्चारमाध्यमको हेडलाइन बनिरहेकी छन् । उनलाई सुकेश चन्द्रशेखरसँगको सम्बन्धले तनाव दिइरहेको छ । पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ […]
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही […]
बझाङः बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छबीसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरिएको छ। (हिजो) वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता गरिएको हो। पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको छानामा लिएर २०७९ वैशाख १६ गते बलात्कार गरेको […]
काठमाडौँ, १८ वैशाख । मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् । विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी […]
काठमाडौं, १८ वैशाख । सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन् । कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै उम्मेदवार छन् । यसले गठबन्धन भएपछि चुनावमा धक्का पुग्न सक्ने आँकलनहरु भएका छन् । देशभर माथि देखि तलसम्म गठबन्धन कसिलो बनाएर चुनावमा जाने प्रयास नभएका […]
जुम्ला — जुम्ला हिमा गाउँपालिका २ की विनाशा रोकायाको नाममा नेकपा माओवादी केन्द्रले टिकट निश्चित गरिसकेको थियो । ‘उनलाई फोनबाट टिकट भइसक्यो; मनोनयन दर्ताको लागि कागजपत्र तयार गर्नू’ भन्नेसमेत खबर आइपुग्यो । उनले आफन्त र नातेदारलाई टिकट आइसकेको सुनाइन् । सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लाग्न थाल्यो । माओवादी केन्द्रले विनाशाको नाममा उपाध्यक्षको टिकट बनिसकेको […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको उनको भनाइ थियो । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित […]
सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार […]
काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा अनमोल केसी र सारा श्रीपाइली नरहने भएका छन् । कुरा गर्दै निर्देशक भट्टराईले मुख्य पात्रमा अनुबन्धित भइसकेका दुवैजना कलाकार अब प्रोजेक्टमा नरहने बताए । ‘सहमतिमै उहाँहरुले छाड्नु भएको हो । अब एक–दुई दिनमा मुख्य पात्रमा नयाँ कलाकार फाइनल गर्नेछौं,’ उनले भने । अभिनेत्री साराको भिसा नआएपछि […]
निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।आयोगका अनुसार टिकटक बनाएपछि […]
धनगढी : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो। आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन्। मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ। त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु […]
काठमाण्डौं । शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा मु्ख्यालयको मैदानमा शनिबार ओसिस क्लबबिरुद्ध भएको पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लबे पुनरागन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । रानीवनको जितमा विक्रम जीटी र कुवेरबहादुर सिंह एक एक गोल गरे भने ओसिसका लागि दिपेश विकेले एक गोल गरेका […]