होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्। गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं,’ उनले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको […]
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ।असोज १ गते हरितालिका तीज पर्वपनि धूमधामसँग मनाइँदै […]
अछामः अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।
गलेश्वर– हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरीलै । केही वर्षअघिसम्म […]
नागरिक रैबार/बाजुरा २९ भदाै। जिल्लाकाे बुढीगंगा नगरपालिका ९ र १० का कृषकहरूकाे बारीमा पाक्न लागेकाे बाली जंगली जनावरले सखाप पार्न थालेकाे छ । कृषकहरूले दु:ख गरेर लगाएकाे बाली पाकेर भित्र्याउन बेलामा जंगली जनावर (बदेँल, बाँदर) काे आहारा बनेपछि बुढीगंगा ९ काे जुवापानी र १० काे बदेडा तिमाडा सेलापाखाका कृषक चिन्तित बनेका छन् । यसरी पाकेकाे […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए। विशेष संरक्षणको आवश्यक भएका […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनेछन् ।प्रधानमन्त्री प्रचण्ड […]
मिति २०८० भाद्र २४ गते नेपाल समाचार पत्रका बाजुरा संवाददाता दयाराम पण्डितले जगन्नाथ गाउँपालिका आर्थिक बर्ष २०७८।२०७९ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन Local Government Institutional Capacity Self-Assessment (LISA) मा बाजुरा जिल्लामा प्रथम स्थान हाँसिल गर्न सफल भएको र गाउँपालिकाको बेरुजु १७ करोड भनेर नेपाल समाचार पत्रमा समाचार प्रकाशित पश्चात स्क्रिनसट गरेर सामाजिक संजालमा राखेपछि […]
काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् । बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताए । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए । उनले […]
नागरिक रैबार/बाजुरा २८ भदौ। बडीमालिका नगरपालिकाले नगरबासीहरुलाई राती ९ बजेपछि तीज विषेश कार्यक्रम नगर्न आग्रह गरेको छ । हरितालिका तिज पर्वसंगै मौलिक परम्परागत संस्कृति विग्रिने, शान्ति सुरक्षा खलबल हुने भएकोले राती तिज विशेष कार्यक्रम नगर्न आग्रह गरेको हो । राती अवेरसम्म हुने तिज विशेष कार्यक्रमले समाजमा नराम्रो सन्देश गएको जनगुनासो आएपछि नगरपालिकाले सूचना जारी भएको […]
नागरिक रैबार/बाजुरा २८ भदाै। बुढीगंगा नगरपालिकाले खुला मेयर कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि भन्दै बुढीगगाले कार्तिक १९ गतेदेिख अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना लागेको हो । सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि […]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका […]
काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका […]
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।शोक प्रस्ताव पारित […]
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । उनको अन्त्यष्टिअघि अहिले शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । नेम्वाङको सोमबार राति निधन […]
काठमाडौँ– सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।यस्तै, सरकारले नेम्वाङको दाहसंस्कारका दिन सार्वजनिक बिदा दिने भएको छ । नेम्वाङका छोराहरु विदेशमा रहेकाले नेपाल आएपछि जुनदिन अन्त्येष्टि […]
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ। रौतहट निवासी विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा मंगलबार बिहान हृदयाघातबाट निधन भएको स्रोतले जनाएको छ । उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगरमा राखिने सो पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ ।