होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हाम्रो अनुहार देख्न नचाहनेसँग एकताको सम्भावना खोज्नुको अर्थ छैन : अध्यक्ष नेपाल
समाचार

हाम्रो अनुहार देख्न नचाहनेसँग एकताको सम्भावना खोज्नुको अर्थ छैन : अध्यक्ष नेपाल

  • नागरिक रैबार
हाम्रो अनुहार देख्न नचाहनेसँग एकताको सम्भावना खोज्नुको अर्थ छैन : अध्यक्ष नेपाल

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको सम्भावना नरहेको बताएका छन् । उनले एमालेलाई खुसी पार्न कांग्रेसलाई शत्रु भन्नुको अर्थ नरहेको पनि बताएका छन् ।

समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले विचार मिल्नेहरू समाजवादी मोर्चामा आबद्ध हुन सक्ने तर आफ्नो पार्टीको नामै सुन्न नचाहनेसँग एकताको सम्भावना छ कि भनेर नसोध्ने बताए ।

‘अहिले गठबन्धनको सरकारमा छौं र सरकारलाई छोड्ने कुरा कसैले गर्छ भने त्यो हाम्रो पार्टीलाई सिध्याउने कुरा हो । कंग्रेसलाई शत्रु बनाएर, बिच्क्याएर अनि अरु कसैलाई खुसी पार्न खोज्या छ भने यो हाम्रो सिंगो अभियानलाई धरासायी पार्न खोजेको मात्रै हो,’ उनले भने, ‘अहिले नै कुनै अर्को पार्टीसँग एकताको सम्भावना छैन । सोच्दै नसोचेको, कल्पना नै नगरेको, अनुहारै देख्न नचाहने, हाम्रो पार्टीको नामै सुन्न नचाहने, नाम सुन्यो कि कान फाट्छ कि भनेर डराएर कानै बन्द गर्ने प्रवृत्ति बोकिरहेकासँग एकताको सम्भावना छ कि भनेर गीत गाएर हिँड्नुको अर्थ छैन ।’

विज्ञापन

एकीकृत समाजवादीले सकारात्मक पक्षलाई एकताबद्ध बनाउन खोजेका पनि बताए । उनले समाजवादी मोर्चामा सामेल हुन चाहनेहरू एक ठाउँमा आउन सक्ने बताए । नेकपा (एमाले)को संस्थाप नेता आफू भएको बताउँदै नेपालले पछिल्लो समय भने त्यहाँबाट खेदिएको बताए ।

‘एमालेको संस्थापक हामी नै हौं । तर के गर्ने घर त आफ्नै हो, घरैबाट खेदिसकेपछि के गर्ने ? भएको कुर्सी नै भाँचिदिन्छु, भएको संसद् नै भाँचिसकेपछि के गर्नु ? संसद्, पार्टी पनि विघटन गरिदिने, भएको पार्टी बाट निष्कासन गरिदिने ?,’ उनले भने । तत्कालीन नेकपामा विवाद उत्पन्न भएपछि नेतृत्वमा रहेका केपी शर्मा ओलीले राजनीतिक व्यवहार नगरेको नेपालको गुनासो थियो । नेतृत्वको गलत निर्णयको विरोध गर्न नसकिने अवस्था आएपछि कि आत्मसमर्पण गर्नुपर्ने कि बाहिरिनुपर्ने विकल्प मात्रै आफूले देखेको नेपालले बताए ।

त्यस्तै, नेपालले राजनीतिक व्यवस्था परिवर्तन भएको र यसले जनताको अवस्थामा परिवर्तन ल्याउन दलहरू अगाडि बड्नुपर्ने बताए । संविधानमा गरिएका व्यवस्था र जनताका लागि सुनिश्चित अधिकार कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अधिकार कार्यान्वयन गरी जनतालाई राहत दिनुपर्ने उनको भनाइ थियो । कान्तिपूरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार