होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने
समाचार

सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने

  • नागरिक रैबार
सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने

 

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुनेछ ।

मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए ।

विज्ञापन

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार