होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस […]
बलेवा – स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ । आज बिहान सुत्केरी हुनुभएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको […]
निमेन्द्र शाही। बारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ । किनकि, यस वर्षदेखि राम्रो मूल्यमा बारीबाटै स्याउ बिक्री हुन थालेको छ । कतिपय किसानले आफू कहिल्यै जहाज नचढे पनि बारीको स्याउलाई जहाजमार्फत तराईका […]
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार सचिवालय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका हुन् । ‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्याइएको छ,’ प्रम […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन। ट्रम्पलाई कोरोना […]
काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड साढे ९ बजे बालुवाटार पुगेका थिए । भेटवार्ताको विषय खुलाइएको छैन । सचिवालयले भने पार्टीको आन्तरिक छलफल भनेको छ । तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल हुने स्रोतको दाबी छ। […]
धनगढी– धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि भोली परीक्षण उडान हुने भएको छ। समिट एयरले भोली धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। अहिले धनगढी–बाजुरा […]
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट भेरी अस्पतालमा कार्यरत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । भेरी अस्पतालमा कार्यरत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनी कोरोनाबाट […]
पोखरा- पोखरा महानगरपालिका–१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ । साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मङ्गलबार आयोजित एक समारोहमा […]
काठमाडौ । प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् ।गृहमन्त्री रामबहादुर थापासँग साेमबार सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् । उनले पछिल्लो समयमा बलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् । ‘सामान्य सजायले पुग्दैन, अब बलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता […]
सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ […]
धनगढी– चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक/एक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको […]
एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको […]
काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् । सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा […]
काठमाडाैँ, १२ असाेज । विश्वभर कोरोना भाइरस (कोभिड— १९) का कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार लेखिरहँदा विश्भर १० लाख २ हजार ३८३ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । तथ्यांक अनुसार सोमबार बिहानसम्ममा विश्वभर कुल ३ करोड ३३ लाख ३ हजार २०९ मानिस संक्रमति भइसकेका छन् […]
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने धारणा अघि सारेका हुन् । नेता भट्टराईले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका हुन् । बझाङकी बालिका सम्झना विकको […]
नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको […]
काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा […]
काठमाडौं – सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ ।तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ । संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई […]