होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तानसेन : कोरोना प्रभावित युवा लक्षित गरी पाल्पाको एक गाउँपालिकाले बिनाधितो, निर्ब्याजी ऋण लगानी थालेको छ। विदेश तथा स्वदशमै रोजगारी गुमाई गाउँघर फर्किएका युवालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो। पुँजी अभावको कारण उद्यमी बन्न नपाएका युवालाई रिब्दिकोट गाउँपालिकाले बिनाधितो, बिनाब्याज १० लाख रुपैयाँ ऋण सहयोग अभियान सुरु छ। कृषि तथा पशुपालनसम्बन्धी व्यवसाय प्रमुख आधार […]
कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । […]
संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले पार्टी एकता, पूर्वएमालेमा व्याप्त […]
नागरिक रैबार/बाजुरा २७ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ ले सेवा क्षेत्र भित्रका दलित तथा दुर्गमको भनेर सिफारिस गर्दा प्रति व्यक्तिबाट लिएको पाँच सय रकमबाट १ सय कटाएर बाँकी ४ सय रकम सम्वन्धित व्यक्तिलाई फिर्ता गरेको छ । गत असोज १४ गते यस नागरिक रैबारले बडीमालिका ६ मा दलित तथा दुर्गमको सिफारिस गर्न वडा […]
काठमाडाैं, २७ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताउनुभएको हो । उहाँले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा […]
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी […]
काठमाडौँ- कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ ।यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो । दशैँको […]
सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती […]
धनगढीः धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० […]
२७ असोज, काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल […]
एजेन्सी- इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए । जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।६४औं मिनेटमा व्यक्तिगत […]
हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा […]
नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य […]
काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने […]
सर्लाही: आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बुवालाई अदालतले जन्मकैदको फैसला गरेको छ। आफ्नी १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो। छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो। बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको […]
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । कहाँ कति जनाले ज्यान गुमाए ? […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई आज संक्रमण पुष्टि भएको हो । शिक्षामन्त्री पोखरेललाई संक्रमण पुष्टि भएसँगै केहीदिनदेखि उनको नजिकमा रहेका व्यक्तिहरुलाई सुरक्षित र सजग रहन आग्रह पनि गरेका छन् ।
प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार १७७ पुगेको हो ।सक्रिय संक्रमितमा अछाममा ५१, बैतडीमा ३९, बझाङ्गमा ११०, डडेल्धुरामा १७, दार्चुलामा ७६, डोटीमा ११५, कैलालीमा ६५२, कञ्चनपुरमा ११४, बर्दियामा १, धनुषामा१ […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण […]