होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ – विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो […]
धनगढी– सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले दुई सय २८ प्रहरी मध्ये एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक […]
काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिसगरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट […]
डोटी जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन्। केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन्। हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ। हलिया परिचयपत्र नपाउँदा सरकारी […]
काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन् । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु […]
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापार र व्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन […]
अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ । सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको […]
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । पक्राउ […]
पोखरा- नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थासँग पर्यटन व्यवसायीले […]
काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ ।तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ ।अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण […]
लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन्। साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन्। केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गर्नुभएका नापी कार्यालय कास्कीका प्रमुख […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय जना कोरोना मुक्त भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार जना संक्रमित निको भएका हुन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले कोरोना जितेका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा […]
बुटवल । प्रदेश ५ को राजधानी भालुवाङ कायम भएको छ । राजधानी भालुवाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् । फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब […]
काठमाडौं, २० असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज अपरान्हका लागि डाकिएको छ । पटक पटक स्थगित भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि तय भएको हो । आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, प्रदेश ५ को राजधानीसम्बन्धी विवाद, राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट […]
काठमाडौं, असोज २० । कोरोना संक्रमणका कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ। तीन दिनअघि पठाएको सुझावसहितको प्रस्तावमा कक्षा १२ को विद्यालय शिक्षाको अन्तिम परीक्षा भएको र स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्न राष्ट्रिय परीक्षा […]
तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी हुन् । उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये […]
नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, […]
तनहुँ, दमौली: दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो। चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ। त्यसका […]
धनगढी: कैलालीका १७ सहित सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय दुई जनाको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीका १७ र बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ […]