होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ला लिगामा बार्सिलोनाको शानदार सुरुवात
समाचार

ला लिगामा बार्सिलोनाको शानदार सुरुवात

  • नागरिक रैबार
ला लिगामा बार्सिलोनाको शानदार सुरुवात

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो ।

बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा पुर्‍याएका थिए । उनले ५ मिनेटको अन्नतरमा दुई गोल गरे । पहिलो गोल खेलको १५ औं मिनेटमा गरे भने दोस्रो गोल १९ औं मिनेटमा गरेका हुन् ।

यस्तै, सुरुवाती दबाबमा परेको भिल्लारियलविरुद्ध कप्तान मेस्सीले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । विपक्षी टोली भिल्लारियलका खेलाडीले पेनाल्टी क्षेत्रमा बार्सिलोनाका खेलाडीमाथि गलत फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो ।

विज्ञापन

त्यस्तै, खेलको ४५ औं मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४–० गोलको फराकिलो अन्तर बनाएको हो ।

नयाँ प्रशिक्षकका रुपमा रोनाल्डो कोइमयान बार्सिलोना आएपछिको पहिलो खेलमा शानदार जीत हात पारेका छन् । यो सिजन शुरु हुनु अगाडि कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेका थिए । तर, क्लब तयार नभएपछि मेस्सी कानूनी उपचारमा नगई बार्सिलोनामै रहने निर्णय गरेका थिए । जीतसँगै बार्सिलोनाले ३ अंक जोडेको छ भने पराजित भिल्लारियलले खराब सुरुवात गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार