होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेलिकप्टरबाट सुत्केरीको उद्धार
समाचार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

  • नागरिक रैबार
हेलिकप्टरबाट सुत्केरीको उद्धार
साँकेतिक तस्वीर

बलेवा – स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।

आज बिहान सुत्केरी हुनुभएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

दुवै शिशुको तौलसमेत औसतभन्दा निकै कम छ । गाउँपालिका अध्यक्षले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका थियो ।

विज्ञापन

अपराह्न आएको हेलिकोप्टरले सुनारलाई गण्डकी अस्पताल पोखरामा पुर्‍याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार