होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा सचिवालय बैठक शनिबार दिउँसो बस्ने
समाचार

नेकपा सचिवालय बैठक शनिबार दिउँसो बस्ने

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक शनिबार दिउँसो बस्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार सचिवालय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रियालगायतका विषयमा छलफल हुने छ। मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसेपनि मापदण्डको टुंगो लागेको छैन।

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने/नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन। सर्वोच्चले संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि शुक्रबार(आज)का लागि पेसी तोकेको थियो। गौतमविरुद्धको रिट उपर आज संवैधानिक इजलासमा सुनुवाई हुँदैछ। फैसलाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि प्रभावित पार्ने छ।

विज्ञापन

गौतम र श्रेष्ठलाई सरकारमा सहभागी गराउन प्रचण्ड चाहन्छन्। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन्। ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनुपर्ने बताएको स्रोतले जनाएको छ।

सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव, डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । नियुक्तिलाई लिएर नेकपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन्। सबै विषयलाई सचिवालय बैठकमै छलफल गर्ने अध्यक्षदुवबीच सहमति बनेको नेकपा स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार