होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लगातार भइरहको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ८८ पुगेको छ भने ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परि घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ। बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। […]
काठमाडौं । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् । ‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक […]
नागरिक रैबार बाजुरा १ साउन । प्रथम बाजुरा महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघले गत जेठ ३ देखि ९ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा संचालन गरेको प्रथम बाजुरा महोत्सवको आयव्यय बारे पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ […]
देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण […]
नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ । नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा […]
काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७६/७७ को पहिलो दिन साउन १ गते (आज) बुधबारदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ। सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो। गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले […]
काठमाडौं, साउन १ । सरकारले यस वर्ष देशभरमा जम्मा २४३ वटा पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ । यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि […]
कृष्णहरि बास्कोटा नेपाल र नेपालीका कमी–कमजोरीका विषयमा हामी विविध कोणबाट विश्लेषण गर्दछौं । तर, मदिरा सेवनबाट मुलुकलाई पुगेको हानिबारे थोरैले मात्रै विश्लेषण गरेका छौं । चिकित्सकले शरीरलाई पुग्ने हानि–नोक्सानीबारे जानकारी दिने गरेका छन् । तर, यसले समग्र मुलुककै विकासमा पारेको गम्भीर क्षतिबारे खासै बहस भइरहेको छैन । यस पंक्तिकारले २०५१ सालतिर अछाम जिल्लाको प्रमुख जिल्ला […]
बाराको सरकारी अस्पताल तथा स्वाथ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ । बाराको एक जिल्ला अस्पताल, छ प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौँ स्वास्थ्य केन्द्रहरुमा राज्यले निःशुल्क उपलब्ध गराँउदै आएका औषधिको अभाव भएपछि विरामीहरु निजी क्लिनिकहरुबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन् । बाराका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधीको चरम अभाव भएको छ […]
काठमाडौं, १ साउन । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ । दुई पक्षबीच अनौपचारिक रूपमा छलफल भए पनि आधिकारी रूपमा पत्राचार नगरेपछि विप्लव समूहले वार्ताको भ्रम छर्ने काम सरकारबाटै भएको आरोप लगाएको […]
अकुत सम्पत्ति आर्जनमा धेरै काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो। २०७४/७५ मा १ सय ९४ मुद्दा चलाइएको थियो। २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए। यो […]
काठमाडौं : सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ मा सुरु हुने उत्तरायण र साउन १ देखि सुरु हुने दक्षिणायन हुने दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर […]
काठमाडौं, ३१ असार । अविरल बर्षासंगै आएको बाढीपहिरोका कारण मुलुकका अधिकांश स्थानमा जनजीवन कष्टकर बनेको छ । पानी पर्ने क्रम नरोकिएको तथा थप केही दिन मनसुन सक्रिय हुने भएपछि सतर्क रहन गृह मन्त्रालय तथा मौसम विभागले सबैमा आग्रह गरेको छ । लगातारको वर्षाले राहत वितरण तथा उद्धार कार्य समेत प्रभावित बनेको छ । सरकारले मातहतका सवै […]
नागरिक रैबार/ बाजुरा ३१ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले जिल्लामा विपद् भएमा तत्काल जुट्न कार्यक्रतालाई आग्रह गरेको छ । जिल्लामा एक्कासी विपद् परी आएको खण्डमा जुनसुकै अवस्थामा भएपनि तत्काल उद्दार र राहत कार्यमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई नेकपा बाजुराले आग्रह गरेको हो । यस बर्षको मनसुन सुरु भएसंगै अविरल बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो […]
काठमाडाैँ, ३१ असार । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लाग्नेछ । मौसम अनुकूल भएमा नेपालमा राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिने छ । १ बजेर ४६ मिनेटमा सुरु हुने ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान […]
दमौली, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, […]
काठमाडौं, असार ३१ । आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आरक्षण बचाऔंले साउन २ र १० गतेको नेपाल बन्दको आह्वान गरेको थियो । देशमा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइपरेपछि बन्द आह्वान स्थगित गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी […]
काठमाडौं, असार ३१ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ । मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको हो । मन्त्रालयले एक सुचना मार्फत नमुना विद्यालयको सुचीमा परेका विद्यालयहरुले छनोट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार अघि बढन् समेत आग्रह गरेको छ । यी हुन् […]
असार ३१, कञ्चनपुर | कञ्चनपुरमा वडा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सचिव सुन्दर बोहरा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ | प्रहरीका अनुसार सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई […]
काठमाडौं श्रीमान्लाई नराम्रो सब्द बोल्ने हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् ! श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन ! आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन, भनेजति पैसा नपाएपछि प्रेमीकाले गरिन् […]