होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई वर्षदेखि समितिविहीन बन्यो खप्तड
समाचार

दुई वर्षदेखि समितिविहीन बन्यो खप्तड

  • नागरिक रैबार
दुई वर्षदेखि समितिविहीन बन्यो खप्तड

डोटी।  दुई वर्षदेखि समिति गठन हुन नसक्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिंग हुन थालेको छ। समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय निस्कृय अवस्थामा रहेको छ।

समिति नबनेका कारण दुई वर्षदेखि कार्यालयबाट कुनै पनि काम काज हुन नसकेको स्थानियबासी बताउँछन्। समिति नबनेका कारण कर्मचारीले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएका समितिका शाखा अधिकृत प्रेम कुँवरले बताउनुभयो। उहाँले भन्नुभयो– ‘आर्थिक वर्ष २०७४–०७५ मा कर्मचारीले तलब खान पाए, अहिले समिति नबन्दा तलब नै खाना पाइएको छैन।’

समितिको कार्यालयमा ५ जना कर्मचारी करारमा नियुक्त भएपनि तलब नपाउँदा निकै समस्या भएको उहाँको गुनासो छ। करारमा नियुक्त भएका कर्मचारीमा शाखा अधिकृत प्रेम कुँवर, सव–इन्जिनियर दिपेश महतरा र कार्यालय सहयोगी धनबहादुर सिंह, शशी सिंह र लोक रावल रहेका छन्। नेपाल सरकारबाट राजनीतिक नियुक्ती हुने कार्यसमितिको समयावधि सकिएको पनि एकवर्ष पुग्यो।

विज्ञापन

गत असोजमा समितिको समयावधि सकिएको छ। कार्यकारी निर्देशकमा नियुक्त भएर आएका यम कुँवर भ्रष्टाचार तथा अनियमितताको आरोप लागी नियुक्ति बदर भएपछि अहिलेसम्म कार्यकारी निर्देशकको पनि नियुक्ति भएको छैन। पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ।

प्रदेश सरकारको गत चैत्र १३ गतेको मन्त्री परिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश–२०७५ स्वीकृत भएपनि अहिलेसम्म न समिति चयन भएको छ, नत कार्यकारी निर्देशक नै पठाइएको छ।

समितिको गठन र कार्यकारी निर्देशकको नियुक्ती प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि प्रदेश सरकारले वार्ता नगरेका कारण खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिंग अवस्थामा हुन पुगेको सिलगढीका स्थानीय शिद्धराज जोशीले बताउनुभयो। नेपालसमाचारपत्रबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार