होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपाको प्रस्तावः प्रदेश २ को नाम जानकी राखौं
देश/प्रदेश

नेकपाको प्रस्तावः प्रदेश २ को नाम जानकी राखौं

  • नागरिक रैबार
नेकपाको प्रस्तावः प्रदेश २ को नाम जानकी राखौं

५ भदौ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो ।

त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थक छन् । प्रदेशको स्थायी राजधानी जनकपुर परिक्रमा मार्गसहित सिंगो धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेका छन् ।

संसदीय दलका नेता सत्यनारायण मण्डल प्रस्तावक रहेको प्रस्तावमा सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा र नेभी लुंगेली समर्थक छन् । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमै प्रदेशको नाम र राजधानीबारे प्रस्ताव राख्दैछन् । अनलाइनखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि