होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संघीय सरकारको षड्यन्त्र असफल पार्छौं : मुख्यमन्त्री राउत
समाचार

संघीय सरकारको षड्यन्त्र असफल पार्छौं : मुख्यमन्त्री राउत

  • नागरिक रैबार
संघीय सरकारको षड्यन्त्र असफल पार्छौं : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्न संघीय सरकारले ‘षडयन्त्र’ गरिरहेकाे भन्दै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् ।

उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर वन फडानी गर्ने षडयन्त्र गरिरहेकाे भन्दै प्रदेश सरकारले त्यसलाई सफल हुन नदिने बताएका हुन्।उनले वन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले आफूहरु वन र चुरे जोगाउन जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।

वन प्रशासन र प्रहरीको मिलेमतोमा संगठित रुपमै वन फडानी गर्ने कार्य भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको चेतावनी थिए । आजकै मितिदेखि वन जोगाउने कार्यमा सक्रिय हुन वन प्रशासनलाई उनले निर्देशन पनि दिए ।

विज्ञापन

प्रदेश सरकारले सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा आज २० हेक्टरमा ३० हजार वृक्षरोपण गरेको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव दिपक सुवेदीलगायतकाे सहभागिता रहेको थियो ।शिलापत्रबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार