होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश २ को नामाकरण गर्न धमाधम बैठक
देश/प्रदेश

प्रदेश २ को नामाकरण गर्न धमाधम बैठक

  • नागरिक रैबार
प्रदेश २ को नामाकरण गर्न धमाधम बैठक

५ भदौ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि प्रदेशका राजनीतिक दलहरु पनि जुर्मुराएका छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा प्रस्ताव आह्वान गरेसँगै राजनीतिक दलहरु पनि जुर्मुराएका छन् ।

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि प्रदेशसभा सचिवालयले बिहीबारसम्मका लागि प्रस्ताव पेश गर्न भनेको छ । प्रदेश २ का सांसदहरुले आफ्नो प्रस्ताव बिहीबारसम्म दर्ता गराउन सक्छन् ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभाभित्र राजनीतिक दलहरुको बैठक लगातार बसिरहेको छ । सत्तासिन समाजवादी, राष्ट्रिय जनता पार्टी (राजपा) का साथै प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समेत बैठकलाई निरन्तरता दिएका छन् ।

विज्ञापन

नेकपा संसदीय दलको बैठक बुधबारदेखि प्रारम्भ भएको छ भने नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबारदेखि नै शुरु भएको छ । सत्तासिन राजपाको बैठक पनि यसै बिषयलाई लिएर मंगलबार बसेको छ । ‘हाम्रो संसदीय दलको बैठक मंगलबारदेखि प्रारम्भ भएको छ,’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘यद्यपि, हामी निष्कर्षमा पुग्न सकेका छैनौं । बिहीबार पुनः बैठक बसेर निष्कर्षमा पुग्नेछौं ।’

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बुधबारदेखि दलको बैठक शुरु भएको भन्दै बिहीबारसम्म निष्कर्षमा पुगिने जानकारी दिए ।

भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले बुधबार आफूहरुको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीबारे छलफल भएको बताए । उनले प्रदेश २ को नाम ‘मधेस’ हुनुपर्ने आफूहरुको प्रष्ट एजेन्डा रहेको बताए ।

मन्त्री सोनलले बिहीबार समाजवादी पार्टीका नेताहरुसँग संयुक्त बैठक बसी संयुक्तरुपमै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव संयुक्तरुपमै लगिने जानकारी दिए ।

सत्तासिन समाजवादी र राजपा प्रदेशको नाम मधेश रहनुपर्नेमा एकमत देखिएका छन् भने प्रतिपक्षी नेकपा र कांग्रेसले ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ नामाकरण गर्नुपर्नेमा जोड दिइरहेका छन् । यद्यपि स्थायी राजधानी जनकपुर नै हुनुपर्नेमा सबै दल एकमत जस्त देखिएका छन् ।

प्रदेश २ मा बिभिन्न विधेयकहरु सर्वसम्मतले पारित हुँदै आए पनि प्रदेशको नाम र स्थायी राजधानी तोक्न त्यत्ति सजिलो देखिएको छैन । यो कामका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

तर सत्तासिन र प्रतिपक्षीको छुट्टाछुट्टै नाम भएपनि स्पष्ट दुई तिहाई भने कसैसँग छैन । सत्तासिन समाजवादीको ३०, राजपाको २५ सांसद छन् भने नेकपाको ३२ र नेपाली कांग्रेसको १९ सांसद छन् । संघीय समाजवादी फोरमको भने एक जना सांसद मात्रै छन् । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि