होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ वैशाख, पोखरा बेगनास-भोर्लेटार सडक खुल्दा कास्की र लमजुङका गाउँवासीले खुसी मनाए । सडक नखुल्दा त्यही सडक गाउँलेहरु हिँडेरै आउजाउ गर्थे । मोटरबाटो नै खुलेपछि भोर्लेटार, करापुटार लगायतका लमजुङका गाउँवासी पोखरा र कास्कीवासी त्यही सडक हुँदै लमजुङतिर आउजाउ गर्न सुविस्ता हुन्थ्यो । यो ०४७ सालतिरकै कुरा हो । सडक खुलेपछि दमौली हुँदै कास्की-लमजुङ आउजाउ गर्नेहरुका […]
१३ वैशाख, पोखरा गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो । हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक […]
१८ वैशाख, चितवन नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानामा ताला लागेको ९ वर्ष भयो । त्यहाँ पहिले काम गरेका मजदुरहरु हरेक सोमबार कारखाना परिसरमा भेला हुने गर्छन् । उनीहरुको चर्चाको विषय हुन्छ, ९ वर्षदेखिको तलव पाइने हो कि होइन ? २०६७ फाल्गुण १९ गते व्यवस्थापन पक्षले सूचना टाँस गरी उद्योग बन्द गरेको थियो । त्यससँगै कारखानामा […]
२२ वैशाख, गोरखा पालुङटार नगरपालिका-९ मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क लिने गरेको पाइएको छ । नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी बयवस्थाअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, त्रिवेणी माविले नर्सरीदेखि पाँच सम्मका विद्यार्थीसँग शुल्क लिने गरेको छ । २०६९ साल देखिनै […]
२४ वैशाख, पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् । उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा […]
१८ वैशाख, हेटाैंडा मकवानपुरका होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरीकरण गर्दै ४ थरीका स्टिकर टास्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जिल्लामा रहेका १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदनको आधारमा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सूचकका स्टिकर टास गरीने भएकाे हाे । खाद्य प्रविधि तथा गुण […]
१८ वैशाख, हेटौंडा । काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित मेयर हरिबोल महतकै नेतृत्वमा बनेको हो । खुला चौरको सडकतर्फको भागमा सटरसहितको […]
१९ वैशाख, काभ्रे वि.स.०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड माग गरिएको छ । भूकम्पपछि पुरातत्व विभागले २ करोड ५२ लाख रकम विनियोजन गरेर काम सम्पन्न भएको बताइए पनि पूर्णरुपमा पुनर्निर्माणका लागि अझै ५ करोड रकम आवश्यक हुने मन्दिर विकास समितिका कोषाध्यक्ष रामशरण रेग्मीले बताए । पुरातत्व विभागले उपलब्ध गराएको […]
१६ वैशाख, वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सा काम नगर्ने निर्माण कम्पनीहरु विरुद्ध कठोर बन्दै गएको छ । विकास निर्माणको कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, सन्तोषजनक काम नगर्ने, कामको प्रगति खासै नदेखिने भएपछि प्रशासन निर्माण कम्पनी प्रति कठोर बनेको हो । सोही क्रममा जिल्ला प्रशासन कार्यालय पर्साको आदेशमा प्रहरीले पप्पु कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर सन्तोष […]
२४ बैशाख, बर्दिवास धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ । मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि […]
२५ वैशाख, वीरगञ्ज पर्सा जिल्ला अदालतको अन्तरिम संरक्षणात्मक आदेशपछि घरको ताल्चा फोडेर गृह प्रवेश गरेकी ३१ वर्षीया डा. निलम कुमारी साहले आफू असुरक्षित भएको बताएकी छन् । उनी सुरक्षाकर्मी र अधिकारकर्मीको रोहबरमा १६ वैशाखमा ताल्चा फोडेर वीरगञ्ज महानगरपालिका- ६ स्थित ससुरा गम्भिरा साहको घरमा पसेकी थिइन् । त्यसयता उनी बाहिर निस्किएकी छैनन् । शनिबार सासु, […]
२५ वैशाख, वीरगञ्ज आँधी प्रभावित बाराको फेटा गाउँपालिका-१ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो । आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् । […]
२५ बैशाख, वीरगञ्ज वैशाख २१ गते उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुले आँधी प्रभावित बारा र पर्साका बासिन्दाको घर निर्माणको शिलान्यास गरे । सेनाले प्रभावित क्षेत्रमा दुई वटा कोठा, भान्साकोठा र शौचालयसहितको घर बनाउनेछ । तर फेटा गाउँपालिका ६ पुरैनियाका अइनुल हक मियाँ अन्सारी र फिरोज […]
२५ वैशाख, काठमाडाैं प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत पनि गरिएको भन्दै राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन पछि बोल्दै आईजीपी […]
२५ वैशाख, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए । उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी […]
२५ वैशाख, रामेछाप नेपालको तेह्रथुम, ताप्लेजुङ र संंखुवासभाको सिमानमा पर्ने मिल्के–तीनजुरे– जलजले क्षेत्रलाई गुराँसको राजधानी मानिन्छ । सो क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँसका फूलहरु पाइने बताइन्छ । मिल्के क्षेत्रमात्र हैन नेपालका उच्च पहाडी भागहरुमा सिजनमा विभिन्न प्रजातिका गुराँसका फूलहरु ढकमक्क फुल्ने गर्दछन् । मिल्केकै जस्तो रामेछाप जिल्लाका उच्च पहाडी क्षेत्र पनि गुराँस पर्यटनको राम्रो […]