होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छाङरुमा १६५ जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो
देश/प्रदेश

छाङरुमा १६५ जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो

  • नागरिक रैबार
छाङरुमा १६५ जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो

काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६५ जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य थालिसकेको स्रोतले बतायो । स्रोतका अनुसार बिहीबारबाट सशस्त्र प्रहरीका इञ्जिनियरले दार्चुलाको छाङरुमा भवन निर्माणका लागि नाप, नक्साको कार्य सुरु गर्नेछन् ।

स्रोतले भन्यो, ‘अहिले १५ रोपनी जग्गा सशस्त्रको नाममा आइसकेको छ, ९ करोड रुपैयाँको लागतमा भवन बनाउँदैछ ।’ यसका लागि केही दिनमै बोलपत्र आह्वान गरिने जनाइएको छ ।

विज्ञापन

सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि छाङरुमा गुल्म राख्ने गरी तयारी गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘हाम्रो प्रस्ताव गुल्म नै राख्नुपर्छ भन्ने हो, त्यही अनुसार तयारी भइरहेको छ ।’

छाङरुमा रहेको बीओपीलाई गुल्ममा रुपान्तरण गरेपछि तिङ्करको कावामा थप बीओपी राख्ने गरी योजना बनाइएको स्रोतको भनाइ छ । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा छाङरुमा सशस्त्र प्रहरीको बीअाेपी  स्थापना भएको थियो ।

विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने हुने गरेको थिएन । हाल भाडाको घरमा सशस्त्र प्रहरीको बीओपी राखिएको हो ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसराेवर जाेड्ने सडक  बनाएपछि नेपालमा आक्रोश बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार