होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खप्तड छेडेदहले बाँड्यो धनगढीमा अलपत्र परेकालाई राहत
देश/प्रदेश

खप्तड छेडेदहले बाँड्यो धनगढीमा अलपत्र परेकालाई राहत

  • नागरिक रैबार
खप्तड छेडेदहले बाँड्यो धनगढीमा अलपत्र परेकालाई राहत

नागरिक रैबार/बाजुरा ३१ बैशाख। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले धनगढीमा अलपत्र परेका गाउँपालिकाका स्थानीयलाई राहत बाँडेको छ । पढाईको सिलसिला र ज्याला मजदुरी गरि धनगढीमा बस्दै आएका र लकडाउनका कारण खाद्यन्नको समस्या भोगिरहेका १ सय १२ जनालाई राहत स्वरुप खाद्यन्न बाँडेको हो ।

खप्तड छेडेदह गाउँपालिका स्थायी घर भई धनगढीमा खाद्यन्न अभावले अलपत्र परेका विद्यार्थी र ज्याला मजदुरी गरी धनगढीमा बसोबास गर्दै आएका उनीहरुलाई प्रति व्यक्ति २० केजी चामल, ३ केजी दाल, १ पोका नुन र तेल वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष कुन्ती बुढाको नेतृत्वमा राहत वितरण गरिएको प्रेम नाथले बताएका छन् ।

यस अघि गाउँपालिकाले गाउँपालिका बाहिर बस्ने आफ्ना नागरिकहरुका लागि राहत दिने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय र संघ र प्रदेश सरकारको मापदण्ड अनुसार राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा गाउँपालिका–७ का वडा अध्यक्ष खगेन्द्र रावत समेतको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार