होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेपाली भुमीको रक्षा गर्न गोर्खाली इतिहास कायम राखौं !
राजनीति

नेपाली भुमीको रक्षा गर्न गोर्खाली इतिहास कायम राखौं !

  • नागरिक रैबार
नेपाली भुमीको रक्षा गर्न गोर्खाली इतिहास कायम राखौं !

भारत ले फेरि नेपाल को सिमावर्ती क्षेत्र लिपुलेक हुँदै मानसरोवर चीन सम्म जोड्ने सडक उद्घाटन गरेको छ।यसले नेपाल र भारत बिच हुने पटकपटक को सिमा बिबाद फेरि चुलिएको छ।नेपालको सिमा अतिक्रमणको विषय पुनः एकपटक सतहमा आएको छ ।

लामो समय देखी देशका विभिन्न स्थानमा सिमा अतिक्रमणको विषय चर्चाको विषय समेत बन्ने गरेको छ । पछिल्लो समय दक्षिण छिमेकी भारतले आफ्नो राजनितिक नक्सा सार्वजनिक गरेपछि यो विवाद निम्तिएकोथियो । कारण नेपाली भूमि आफ्नो देशको नक्सामा समेत समावेश गर्नु ।

विज्ञापन

भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेक समेटिएको छ । नेपाल र भारत बीच सुगौली सन्धि देखी नै सिमा विवाद रहदै आएको छ । निकै लामो समय सम्म सिमा क्षेत्र विवादले भारत र नेपाल बीचको सम्बन्धमा समेत चिसोपना ल्याई रहेको छ । भारतको विस्तारबादी नीतिका कारण नेपालको धेरै भूभाग अतिक्रमण भइसकेको अवस्था छ ।कार्तिक १८ गतेभारतले नक्सा सार्वजनिक गरे सँगै नेपालमा भारतका बिरोधमा बिरोध प्रदर्शन भईरहेका छन्, सर्वसाधारण जनताको तर्फबाट ।

जनस्तरबाट व्यापक बिरोध भएपछि सरकारले समेत कालापानी र लिपुलेक नेपाली भूमि भएको बताइरहेको थियो । तर अहिले सम्म न कुनै ठोस कदम चालेर नेपाल सरकारले कुटनैतिक पहल गरेको छ नत कुनै आधिकारिक धारणा नै ल्यायको छ।भारतको सिमा अतिक्रमणको श्रृंखला कालापानी र लिपुलेकमा मात्रै सिमित छैन ।

नेपाल र भारत सिमा विवाद ७१ स्थानमा छ । भारत सँग सिमा जोडिएका २६ जिल्ला मध्ये २३ जिल्ला सिमा समस्या रहेको छ । सिमाविद् बृद्धिनारायाण श्रेष्ठको ‘सिमा संग्राम’ नामक पुस्तकमा ६० हजार ६ सय २७ हेक्टर जमिन भारतले मिचेको उल्लेख गरेका छन् । यो बढ्दो क्रममा छ । यो दार्जुला देखी ताप्लेजुङ सम्मको संख्या हो । भारतको सिमा अतिक्रमण श्रृंखला १८५६ बाट सुरु भएको हो । यो क्रम अहिले सम्म जारी छ । सिमा अतिक्रमणका विषयमा लामो समयदेखी कुटनितिक रुपमा पहल भईरहेको भएपनि समस्या समाधान हुन सकेको छैन ।

समस्याको समाधान नहुँदा नेपालले आफ्नो भूमि गुमाईरहेको छ भने भारतले अतिक्रमणको श्रृंखला रोकेको छैन । यस पटक फेरि लिपुलेक ,धार्चुल्ला हुँदै चीन सम्म जोड्ने रोड समेत उद्घाटन गरिसकेको अबस्थामा पनि नेपाल सरकारले कुटनितिक पहलगर्न सकेको छैन तर पटक पटक राष्ट्रप्रमुखको नेपाल– भारत भ्रमणको क्रममा यस विषयले कहिल्यै प्राथमिकता पाएको देखिदैन। फलतः नेपाली भूमि गुमेको गुमै छ ।

अब यस विषयमा नेपालले आफ्नो समस्या र भारतको चरित्रको विषयमा आमने सामने भएर बहस गर्ने बेला भएको छ । अनाधिकृत रुपमा सिमा मिचिदाँ जुन किसिमले कुटनितिक पहल हुनु पर्ने हो त्यसको कमि देखिन्छ । यदि नजिकैको छिमेकी हुनुको नाताले भारतले आफ्नो छिमेकीको अस्तित्व स्विकार गर्न सक्नु पर्दछ । भारतले सिमा अतिक्रमण रोक्नैपर्छ ।राजनीतिक रूपले बोल्ने, व्यक्तिगत प्रचारका लागि बोल्ने नेपालमा एउटा भारतविरोधी राष्ट्रवाद छ।

नेपालले गर्न सक्ने र गर्नुपर्ने कुरा भनेको चीन पनि कहीँ न कहीँ जोडिएकाले त्रिपक्षीय वा द्विपक्षीय जुन प्रकारको समस्या जहाँ देखिन्छ त्यसअनुसार कूटनीतिक पहल गरेर समाधान खोज्नुपर्छ। नेपालले विज्ञप्तिमार्फत् सडक निर्माणप्रति आपत्ति प्रकट गरेपछि भारतको विदेश मन्त्रालयले आफ्नै भूमिमा सडक बनाइएको दाबी गरेको छ।उसले नेपाल र भारतबीच थाती रहेका सीमा विवाद समाधान गर्न संयन्त्र रहेको र कूटनीतिक तवरबाटै विवादको समाधान गर्नुपर्ने जनाएको छ।

कतै सरकार को मिलेमतो मा सडक निर्माण कार्य त भयको हैन ! संका उपसंका सिर्जना हुनथालेका छन त कतै सम्माननिय प्रधानमन्त्री ले बिक्रि नै गरेको हो भन्ने गुनासो आम जनमानसमा छायको बेला जवाफमा तमाम नेपाली प्रतीक्षा मा छन। सकिन्छ कुटनैतिक पहल बाट छिटो भुमि फिर्ता गरियोस् हैन भने हामी युवाहरु लाई जिम्मा दियर नांगो तरबार चलाइ वीर गोर्खालीको इतिहास फेरि कायम राख्न नेपाली युवा तयार रहेका छन।अब सरकार चुप लागेर सुत्केरी जस्तै सुत्ने बेला हैन सकिन्च कुटनैतिक पहल बाट यो समस्याको समाधान गरौं !नसकेअन्तर्राष्ट्रियकरण गर्नु को बिकल्प छैन । जुनसुकै हालतमा हाम्रो भुमी फिर्ता हुनुपर्छ र भारत ले भुमी फिर्ता गर्नैपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार