होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला(तस्वीरसहित)
देश/प्रदेश

बाजुरामा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला(तस्वीरसहित)

  • नागरिक रैबार
बाजुरामा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला(तस्वीरसहित)

नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ बाजुराले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएको छ ।

मंगलबार साँझ साढे ७ बजे सदरमुकाम मार्तडीको लोकतान्तिक चोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले ओलीको पुत्ला जलाएका हुन् । लिपुलेक–कालापानीमा भारतले बाटो बनाएको विरोधमा नेपाल विद्यार्थी संघ बाजुराले सदरमुकाम मार्तडीमा ओलीको पुत्ला जलाएको हो ।

विज्ञापन

भारतले नेपाली भू–भागमा बाटो बनाउँदा पनि ओली सरकारले वेवास्ता गरेको भन्दै विरोधमा प्रदर्शनमा उत्रिएको नेविसंघले मंगलबार नै प्रधानमन्त्री ओलीलाई बाजुराका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र समेत बुझाएका थिए ।

लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि अहिले देशभर युवा–विद्यार्थी आन्दोलनमा छन् ।

नेपाली भुमी अतिक्रमणका विरुद्ध नेपाल विद्यार्थी संघ बाजुराले भोली विहान ८ बजे कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिने जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार