होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २० मंसिर। अटो दुर्घटना परि घाइते भएका एक युवक लाई डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि घाइते भएका भिम खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरामा रिफर गरिएको जिल्ला अस्पताल […]
काठमाडौं, मंसिर २० । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, […]
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्। ५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ। बिहान ८ बजे पदभार ग्रहणको कार्यक्रममा पदाधिकारी ढिलो आएका भन्दै सभापति बलायरले आक्रोश व्यक्त गरेका थिए। […]
धनगढी : नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत जारी मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको अग्रता कायमै छ। सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक पुगेको छ। ७ सय मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर २७८ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए। बलायरको ४८१ […]
नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् । मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् । काँग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशील सदस्यता लिएको उनले बताइन् । […]
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् । बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल […]
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र […]
काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । सहमतिमै प्रदेश कार्यसमिति चयन गर्ने प्रयास सफल नभएपछि दुबै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका हुन् । संस्थापन समूहले सम्मानजक पद बाँडफाँट गर्न नचाहेपछि सहमति हुन नसकेको संस्थापन पक्षको भनाइ छ । सहमतिकै लागि नेताहरुले उम्मेदवारी मनोनयन दर्ताको […]
धनगढीः सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। विवाहको बस र मिनी ट्रक ठोक्किदा राजमार्ग १ घण्टादेखि अवरुद्ध बनेको हो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ को गोगनपानी नजिकै विवाहको बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ। जन्ती बोकेको बस घोरणीबाट बिपिनगरतर्फ गइरहेको थियो। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते […]
धनगढीः दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो। बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो। ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान […]
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तरगत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । देउवा पक्षको बैठकले सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी (कैलाली), लोकराज अवस्थी (बैतडी), महामन्त्रीमा मनु साह (कैलाली), मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको बलायरले बताए […]
निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनको काम निरन्तर […]
कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका […]
वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् । सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छंन । सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका केही स्थानमा आज वर्षा भइरहेको छ। सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा वर्षा भइरहेको हो। यस्तै वर्षाका कारण हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिमका अन्य स्थानहरुमा समेत सामान्यदेखि पूर्णतया बदली रहेको छ। पहाडका बैतडी, बझाङ, बाजुरा लगायतका केही स्थानमा वर्षा भैरहेको बताइएको छ।
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको […]
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो । ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा […]
वीरेन्द्रनगर — सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गराइएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको […]