होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्ने
समाचार

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्ने

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्ने

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । सहमतिमै प्रदेश कार्यसमिति चयन गर्ने प्रयास सफल नभएपछि दुबै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।

संस्थापन समूहले सम्मानजक पद बाँडफाँट गर्न नचाहेपछि सहमति हुन नसकेको संस्थापन पक्षको भनाइ छ । सहमतिकै लागि नेताहरुले उम्मेदवारी मनोनयन दर्ताको समय सार्न लगाएका थिए तर दुबै पक्षका नेताहरुले गरेको सहमतिको प्रयास सार्थक बनेपछि सुदूरपश्चिम अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको हो ।

संस्थापन समूहले प्रदेश सभापतिमा बलायरलाई नै उम्मेदवार बनाएको छ । उपसभापतिमा जनक चौधरी (कैलाली) र लोकराज अवस्थी (बैतडी) उम्मेदवार बनेका छन् भने दुई महामन्त्री पदमा कैलाली जिल्ला सभापति नरनारायण (मनु) साह र मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको सभापतिका उम्मेदवार बलायरले बताए ।

विज्ञापन

संस्थापनइतर समूहले प्रदेश सभापतिमा कैलालीका नारायण मिश्रलाई उम्मेदवार बनाएको भने उपसभापतिमा गोपाल गुरुङ (कञ्चनपुर) र, मानबहादुर रावल (बाजुरा)लाई अगाडि सारेको छ ।

त्यस्तै महामन्त्रीमा प्रताप गुर्दामी (बझाङ) र रामबहादुर शाही (अछाम) लाई उम्मेदवार बनाएको छ । पदमराज पन्त (दार्चुला) र नरेन्द्र भट्ट (बैतडी) लाई संस्थापनइतर समूहले सहमहामन्त्रीको उम्मेदवार बनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै