होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले टुङ्ग्यायो पौडेल पक्षसँग भिड्ने उम्मेदवारको सूची
समाचार

सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले टुङ्ग्यायो पौडेल पक्षसँग भिड्ने उम्मेदवारको सूची

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा देउवा पक्षले टुङ्ग्यायो पौडेल पक्षसँग भिड्ने उम्मेदवारको सूची

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तरगत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । देउवा पक्षको बैठकले सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी (कैलाली), लोकराज अवस्थी (बैतडी), महामन्त्रीमा मनु साह (कैलाली), मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको बलायरले  बताए ।

यसअघि पौडेल पक्षले सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापति गोपाल गुरुङ (कञ्चनपुर), मानबहादुर रावल (बाजुरा), महामन्त्रीमा प्रताप गुर्दामी (बझाङ)र रामबहादुर शाही (अछाम) लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यस्तै सहमहामन्त्रीमा पदमराज पन्त (दार्चुला) र नरेन्द्र भट्ट (बैतडी) उम्मेदवार बन्ने भएका छन् ।

सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा पौडेल पक्षले उनीहरुलाई मैदानमा उतारेको हो । देउवा पक्षसँग भागबन्डामा कुरा नमिलेपछि पौडेल समूहले उम्मेदवार खडा गरेको हो । देउवा समूहले पौडेल समूहलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने बताएपछि पौडेल समूहले उम्मेदवारी घोषणा गरेको हो । नेतृत्व चयनका लागि आज दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयनको समय तय गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै