होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द हुने
समाचार

सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द हुने

  • नागरिक रैबार
सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द हुने

वीरेन्द्रनगर — सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गराइएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको बताइन् । हाल ३ मिटर मात्रै सडक चौडा रहेको उक्त भिरमा १५ मिटर उचाइको भीर कटान गरेर ७ मिटर सडक चौडाइ गरिने उनको भनाइ छ ।

सडक मर्मतको जिम्मा श्याम एण्ड शंकर जेभीलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र सुर्खेतसँग समन्वय गरी डिभिजन सडक कार्यालय सुर्खेतले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गराउन आग्रह गरेको छ ।

विज्ञापन

सडक अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट सवारी साधन चलाउन सुरु गरिएको छ । दैलेख सडक भएर सदरमुकाम, वेस्तडा, नौमुले, जाजरकोट क्षेत्रमा जाने सवारी साधनलाई कर्णाली राजमार्गको बाँगेशीमल–तल्लो डुंगेश्वर–सियाकोट रुट तय गरिएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार