होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सुरु भयो मतदान
समाचार

काँग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सुरु भयो मतदान

  • नागरिक रैबार
काँग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सुरु भयो मतदान

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् ।

बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ ।​ बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएको छ ।

यस्तै मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीले उम्मेदवारी परेको छ भने सहमहामन्त्री पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी (कुँवर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै