होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘आरआरआर’बाट संसारभर चर्चामा ओलिविया
बलिउड/हलिउड

‘आरआरआर’बाट संसारभर चर्चामा ओलिविया

  • नागरिक रैबार
‘आरआरआर’बाट संसारभर चर्चामा ओलिविया

निर्देशक एसएस राजमौलीको फिल्म ‘आरआरआर’ अहिले धेरै चर्चामा छ । फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ भने विश्वभर नै यसले राम्रो कमाइ गरिरहेको छ ।

फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगन, ओलिविया माँरिस प्रमुख भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा समुरथिरकानी, रेस्टिवेन्सन र एलिसन डोटीले पनि फिल्ममा अभिनय गरेका छन् ।

यी सबै कलाकारको भूमिकाले दर्शकको मन जितेको छ ।

विज्ञापन

फिल्ममा नायक एनटीआरको प्रमिकाको भूमिकामा देखिएकी नायिका ओलिविया माँरिसको अहिले संसारभर नै चर्चा भइरहेको छ ।

फिल्ममा नायिका ओलिविया अङ्ग्रेज शासकको छोरीको भूमिकामा प्रस्तुत भएकी छिन् । बेलायतमा जन्मिएकी नायिका ओलिवियाले फिल्म ‘आरआरआर’ बाट नै बलिउड फिल्म नगरीमा पाइला टेकेकी हुन् ।

ओलिवियाले रोयल्स वेल्स कलेजबाट म्युजिक ड्रामाको प्रशिक्षण लिएकी थिइन् । २०१८ मा ओलिवियाले फेरिस एन्ड सिल्भर स्टार भन्ने म्युजिक भिडियोमा पनि अभिनय गरिन् । उनलाई एचबीओ मैक्स सिरिज हेडमा मुख्य भूमिकाका लागि अनुबन्धित पनि गरिएको थियो ।

उनले २०१७ मा मैकबेथ अनुकुलनसँग आफ्नो क्यरियरको सुरुवात गरेकी हुन् । फिल्म आरआरआर डेब्यु गर्नुपुर्व ओलिविया स्टेज कलाकारका रूपमा अभिनय गर्थिन् । यी नायिका सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छिन् । उनको इन्स्टाग्राममा मात्र तीन लाखभन्दा बढी फ्यान फलोइङ रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार