होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘पुष्पा-२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक
मनोरञ्जन

‘पुष्पा-२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

  • नागरिक रैबार
‘पुष्पा-२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

काठमाडौं । तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो । सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्लु अर्जुनले लिएको यो पारिश्रमिक बलिउड स्टार सलमान खान र अक्षयकुमारले लिने बराबर हो । अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको मुख्य भूमिका रहने ‘पुष्पा-२’ आगामी वर्ष रिलिज हुने जनाइएको छ । अल्लु अर्जुन सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’मा समेत देखिंदैछन् । यो फिल्म आगामी डिसेम्बर ३० मा रिलिज हुँदैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार