होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बलात्कारपछि गर्भवतीलाई अभिभावकबाटै अस्वीकार
समाचार

बलात्कारपछि गर्भवतीलाई अभिभावकबाटै अस्वीकार

  • नागरिक रैबार
बलात्कारपछि गर्भवतीलाई अभिभावकबाटै अस्वीकार
झापाको विश्व सेवा विस्तार संस्थामा आश्रित बलात्कारपीडित गर्भवती किशोरी

काँकडभिट्टा — १७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् ।

ती किशोरी दिदीसँगै भारत गएकी थिइन् । सीमापारि नक्सलबारीका एक चिनारु युवकले दक्षिण भारत तामिलनाडुको एउटा कपडा कारखानामा काम पाइने र तलब पनि मनग्य हुने बताएका थिए । तिनै युवकको भर परेर दिदीबहिनीले फागुन अन्तिम साता नक्सलबारीबाट रेल चढेका थिए । तीन दिन र तीन रातको लामो र सकसपूर्ण यात्रा तय गरेर तामिलनाडु पुगे । डेरा खोजेर तीनै जना सँगै बसे । करिब १०, १५ दिनपछि कपडा कारखानामा काम पनि मिल्यो । तलब पनि ठीकै थियो ।

केही दिन सँगै काम गरेपछि दिदी घर फर्किइन् । ‘मलाई पनि दिदीले फर्किनुपर्छ भन्नुभएको थियो तर फर्किनै मन लागेन, कमाएर मात्रै फर्किन्छु भन्ने भयो’, किशोरीले सुनाइन् । उनी तिनै युवकको आड–भरोसामा बसिन् । अहिले भने उनलाई आफ्नो निर्णयप्रति ठूलो पश्चात्ताप छ । ‘दिदी हिँडेपछि त्यो मान्छेले मलाई पटक–पटक बलात्कार गर्‍यो, कुटपिट गर्‍यो,’ उनले भक्कानिँदै सुनाइन्, ‘पाँच महिना त धेरै पीडा सहेर बस्नुपर्‍यो ।’ आठ महिनाको गर्भ बोकेर फर्किएकी उनलाई अभिभावकले जिम्मा लिन मानेको छैन ।

विज्ञापन

भारतकै केही गैरसरकारी संस्थाको पहलमा उनलाई उद्धार गरेर सिलिगुडीको एउटा पुनःस्थापना केन्द्रमा राखिएको थियो । त्यहाँ करिब ७ महिना बिताएपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा विश्व सेवा विस्तार नामक सामाजिक संस्थाले उद्धार गरेर नेपाल ल्यायो तर घर पठाइएको छैन ।

‘हामीले उद्धार गरेर ल्यायौं, अभिभावकले घर लैजान मानेनन्,’ विश्व सेवा विस्तारका फिल्ड अफिसर इन्द्र बस्नेतले भने । अपरिचित मान्छेको गर्भ बोकेर आएकी भन्दै घर परिवारले अस्वीकार गर्दा ती किशोरी थप मानसिक पीडामा रहेको उनले बताए । किशोरीको अहिले ८ महिनाको गर्भ छ । कान्तिपुर बाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार