होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूर पहाडमा उपचार पाउनै मुस्किल
समाचार

यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूर पहाडमा उपचार पाउनै मुस्किल

  • नागरिक रैबार
यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूर पहाडमा उपचार पाउनै मुस्किल

धनगढी : यातायात र विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा उपचार सेवा प्रभावित हुन थालेको छ। बाजुरा, बझाङ, डोटी र दार्चुला जिल्ला जोड्ने मुख्य राजमार्गसहित ग्रामीण सडक पूर्ण रुपमा सुचारु नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको हो।

सडक मार्ग अवरुद्ध भएका जिल्लामा बिरामीलाई अस्पताल ल्याउन तथा उपचार गर्न नसक्ने बिरामीलाई रेफर गर्दा समस्या हुन थालेको हो। बैतडीमा मुख्य राजमार्ग सुचारु भए पनि ग्रामीण सडक सुचारु नहुन्दा उपचार तथा खोप वितरणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले दिनेशखबरलाई बताए। ’बैतडीमा मुख्य राजमार्ग सुचारु भए पनि ग्रामीण सडक अवरुद्ध नै छन्,’ उनले भने, ‘पुर्चौडी, शिवनाथ र पञ्चेश्वरमा नियमित खोप लैजान पनि समस्या भएको छ।’

अछाम जिल्लामा भने एम्बुलेन्सको अभावले बिरामी रेफर गर्न समस्या भएको छ। सुर्खेत हुँदै बिरामी रेफर गर्नु परे पनि जिल्ला अस्पतालसम्म बिरामीलाई आउन समस्या भएको अछाम जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटाले बताइन्। ’यता एम्बुलेन्स नभएर समस्या भएको छ,’ उनले भनिन्, ‘बिरामी रेफर गर्नु परे सुर्खेतको बाटो प्रयोग भइरहेको छ।’

विज्ञापन

डोटीमा मुख्य राजमार्ग अवरुद्ध हुँदा जिल्लामा बिरामीको उपचारमा समस्या भएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएमा अछामको बयलपाटा रेफर गर्ने गरेको डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण जोशीले बताए। ’हामीले रेफर गर्नुपर्ने बिरामी बयलपाटा अस्पताल पठाइरहेका छौँ,’ उनले भने, ’सडक अवरुद्ध हुँदा ग्रामीण भेगबाट त बिरामी आउन निकै समस्या भएको छ।’

बझाङ जिल्ला अस्पतालमा भने सडकसँगै विद्युत सेवा अवरुद्ध हुँदा उपचार सेवा प्रभावित भएको छ। जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा डिजेलको आपूर्ति पनि गर्न नसकिएको र केही दिनपछि अस्पतालको समग्र उपचार सेवा प्रभावित हुने चिन्ता मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दीप ओखेडाको छ। ’हाम्रो अस्ततालमा बिजुली नहुँदा बिरामीको उपचारमा समस्या भइरहेको छ,’ उनले भने, ’जेनेरेटर चलाइ रहेका छौँ। तर डिजेल नपाए केही दिनपछि उपचार गर्न निकै मुस्किल हुने डर छ।’

बाजुरा जिल्लामा पनि अत्यावश्य औषधिको अभाव भएको जनाइएको छ। पहाडी जिल्ला जोड्ने राजमार्ग तथा ग्रामीण सडक एकदुई दिनभित्र सञ्चालन गर्न नसके सात पहाडी जिल्लामा औषाधिसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको चरम अभाव हुने चिन्ता गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार