होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा आगलागीबाट पाँच करोड २० लाखको क्षति
देश/प्रदेश

सुदूरपश्चिममा आगलागीबाट पाँच करोड २० लाखको क्षति

  • नागरिक रैबार
सुदूरपश्चिममा आगलागीबाट पाँच करोड २० लाखको क्षति

धनगढीः सुदूरपश्चिममा आगलागीका घटना भयावह रुपमा बढ्न थालेको छ।प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को आगलागी हुन थालेको हो। आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म आगलागीबाट पाँच करोड २० लाख २७ हजार पाँच सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।

सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरण अनुसार साउनदेखि हालसम्म आगलागीमा परेर पाँच महिलासहित ९ पुरुषको मृत्यु भइसकेको छ। १३ महिलासहित २५ पुरुष घाइते भएका छन्। आगलागीबाट दुई सय २० परिवार प्रभावित बन्न पुगेका छन्। बैशाख सुरु भएसँगै आगलागीका घटना एकपछि अर्को भयावह रुपमा बढ्न सुरु भएको हो। अहिलेसम्म १९ घर पुर्ण र २९ घरमा आंशिक क्षति पुगेको छ।

५२ वटा गोठ जलेर ५६ पशुचौपायामा क्षति पुगेको छ। बैशाख सुरु भएयता दैनिक रुपमा एक दर्जनको हाराहारीमा अगलागीका घटना सार्वजनिक भइरहेका छन्। सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा आगो लाग्दा नजिकैका वस्ती तथा होटल, पसलमा समेत आगलागी भएर ठूलो नोक्सानी हुने गरेको विवरण प्राप्त भइरहेका छन्।

विज्ञापन

साथै कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क पारेको किसानको गहुँबालीमा आगो लाग्दा खेतबारीमै गहुँ जलेर खरानी हुन पुगेको छ। आगलागीबाट ठूलो धनजनको क्षति हुनेक्रम जारी रहेपनि भरपर्दो उपायको खोजी कहिँकतैबाट गरिएको छैन्। प्रदेशभित्र ८८ वटा स्थानीय तहहरु छन्। तर दमकल १८ वटा पालिकामा मात्र छ। एउटा दमकल भने सञ्चालनमा छैन्। १७ वटा दमकल मात्र सञ्चालमा देखिएपछि आगो नियन्त्रणमा लिन सकस भइरहेको हो। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ५ दिन अगाडि