होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा एकैदिन ६ जिल्लाका २० स्थानमा डढेलो
Breaking News

सुदूरपश्चिममा एकैदिन ६ जिल्लाका २० स्थानमा डढेलो

  • नागरिक रैबार
सुदूरपश्चिममा एकैदिन ६ जिल्लाका २० स्थानमा डढेलो

धनगढीः सुदूरपश्चिममा एकैदिन २० स्थानमा डढेलो लागेको छ।

प्रदेशका ६ जिल्लामा हिजो (शनिबार) एकैदिन २० स्थानमा डढेलो लागेको हो। सबैभन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ। डोटीमा पनि ६ स्थानमा डढेलो लागेको छ। त्यस्तै अछाममा तीन, बझाङमा दुई, बैतडीमा एक र कैलालीमा एक स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागअन्तर्गतको डढेलो पहिचान तथा अनुगमन प्रणालीमा रेकर्ड भएको छ।

तर नियन्त्रणका प्रयास भने निकै फितलो छ। डढेलोका कारण पछिल्लो समय वायु प्रदूषण पनि उच्च भएको छ। वातावरण विभागका अनुसार वायु प्रदूषण कम हुन पानी पर्नुपर्छ। तर अझै पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

वातावरण विभागका अनुसार केही दिनयता वायुको गुणस्तर अर्थात् एयर क्‍वालिटी इन्डेक्स–एक्यूआई मापन बढ्न थालेको छ। विहिबार भीमदत्त (महेन्द्रनगर)को एक्युआई ६४ मापन भएको थियो। चालु आर्थिक सुरु भएता दुई सय १३ वटा आगलागीका घटना भएका छन्। ती आगलागीका घटनाबाट दुई सय ३७ परिवार प्रभावित बन्न पुगेका छन्। दिनेशखबरबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै