होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पर्वतका किसान तरकारीको बीउ उत्पादन गर्दै
समाचार

पर्वतका किसान तरकारीको बीउ उत्पादन गर्दै

पुरै गाउँ आत्मनिर्भर बन्दै

  • नागरिक रैबार
पर्वतका किसान तरकारीको बीउ उत्पादन गर्दै

पर्वत २४ साउन ।  पर्वतको जलजला गाउँपालिका ७ धाईरिङका किसान तरकारी सहित तरकारीको बीउ उत्पादनमा लागेका छन् ।

यहाँका किसानहरूले विगत केही वर्षदेखि बीउको उत्पादन गर्न सुरु गरेका हुन । कृषक एकनारायण पौडेल, देवी आचार्य, टीकाराम पौडेल लगायतका किसानहरू तरकारी सँगै तरकारीको बीउ उत्पादनमा लागेका हुन् । धाइरिङको सल्यान गाउँमा करिब १०० घर रहेका छन् । ती हरेक घरले काँक्रो र टमाटरको बिउ उत्पादनलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

गाउँमा बनाइएका तीन वटा कृषि समूहमा आबद्ध रहेका कृषकहरूले टमाटर र काँक्रोको बिउ काठमाडौँसम्म निर्यात गर्दै आएका किसान एकनारायण पौडेलले जानकारी दिनुभयो । वर्षभरि खाने अन्न भएकाले त्यहाँको खेतमा धान त लगाइन्छ, तर धानको भन्दा पनि फाइदा बिउ उत्पादनमा छ । स्थानीय झलकनाथ पौडेलले तरकारी भन्दा बीउमा बढी आम्दानी हुने गरेको सुनाउनु भयो । झलकनाथले बनाएको एउटा टनेलमा एक लटमा तीन क्विन्टलसम्म फल्छ ।

विज्ञापन

उहाँले वर्षमा ६० क्विन्टल त टमाटर मात्रै बेच्नुहुन्छ । एउटै टमाटरको बिरुवामा १० किलोसम्म फल्ने र आफूले फरक–फरक जातका टमाटर फरक फरक ठाउँमा लगाएकाले बजारको माग अनुसार सधैँ उत्पादन दिन सकेको बताउनुभयो ।

गत वर्ष मात्रै सल्यानबाट ३० क्विन्टल टमाटरको र ६० क्विन्टल काँक्रोको बिउ विभिन्न ठाउँमा निर्यात भएको थियो । गत वर्ष देशैभर उत्पादन राम्रो भएका कारण बिउमा प्रतिस्पर्धा हुँदा कम पैसा परेपनि यस वर्ष धेरै वर्षाका कारण बिउको मूल्य ह्वात्तै बढ्ने कृषकहरूको अपेक्षा छ ।

यो वर्ष टमाटरको बिउको प्रतिकिलो मूल्य तीन हजार र काँक्राको बिउको दुई हजार रुपैयाँ हुने भनी खबर आउँदा कृषकहरू मक्ख छन् । यस हिसाबअनुसार ३०० किलो टमाटरको बिउको मूल्य नौ लाख र ६०० किलो काँक्राको बिउको मूल्य १२ लाख रुपैयाँ पर्न आउँछ । केही न केही परिमाणमा बिउ उत्पादन नगर्ने घर नभएको सोही ठाउँकी इन्दिरा पौडेलले बताउनुभयो ।

जलजला कृषि उत्पादनका हिसाबले उर्वर भूमि रहेकाले व्यावसायिक कृषिका लागि गाउँपालिकाको तर्फबाट ठाउँ र आवश्यकता अनुसार कृषकहरूलाई सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले बताउनुभयो । जलजला पर्वत सदरमुकाम कुश्मा बजारबाट केही टाढा रहेको भएपनि म्याग्दी सदरमुकाम बेनी बजार नजिकै रहेकाले दुवैतर्फको बजारमा गाउँ गाउँका उत्पादन जाने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार