होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपचार खर्च नुहँदा हिमालीका कल्चु सार्की अस्पतालको बेडमा छट्पटाउँदै
समाचार

उपचार खर्च नुहँदा हिमालीका कल्चु सार्की अस्पतालको बेडमा छट्पटाउँदै

  • नागरिक रैबार
उपचार खर्च नुहँदा हिमालीका कल्चु सार्की अस्पतालको बेडमा छट्पटाउँदै

मदन विक/बाजुरा ७ चैत्र।बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ का कल्चु सार्की उपचार गर्ने खर्च नहुँदा जिल्ला अस्पताल बाजुराको बेडमा छट्पटाई रहेका छन् । एक हप्ता देखि जिल्ला अस्पतालमा उपचार गराईरहेका सार्कीसंग अस्पतालले रिफर गरेको ठाउँमा जान गाडी भाडा समेत समेत छैन् ।

जन्मजात शारिरीक रुपमा अशक्त रहेका उनको गएको मंसिरमा बाँकेको कोहलपुरमा ह्वील चियरमा बजार जाने क्रममा सडकमा ह्वील चियर संगै लडेर कम्मरमुनिको दाँया खुट्टाको हड्डी भाँचिएको थियो । दुई वटै खुट्टा शारिरिक रुपमा अशक्त रहेका उनको एक्कासी फेरी दायाँ खुट्टामा चोट लागेपछि झन पीडा भएको छ ।

कोहलपुर मेडिकल कलेजमा करिव ३० हजार खर्च गरेर उपचार गरेको भएपनि पूर्ण रुपमा उपचार हुन् नसकेपछि उपचार नगरेर त्यहाँबाट बाजुरा घर फर्किएको शार्की बताउँछन् । एक हप्ता देखि जिल्ला अस्पताल बाजुरामा उपचारारत अवस्थामा रहेका उनलाई अस्पतालले ३ दिन अघि मात्रै जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गर्नका लागि रिफर समेत गरिसकेको छ ।

विज्ञापन

अस्पतालले रिफर गरेको ३ दिन वितिसक्दा पनि सार्कीसंग जिल्ला बाहिर गएर उपचार गर्ने खर्च छैन् । उपचार त परको कुरा हो जिल्ला बाहिरका अस्पतालसम्म जानलाई आफुसंग गाडी भाडा समेत नभएको उनी बताउँछन् ।

एकातिर शारिरिक रुपमा दुवै खुट्टाको अशक्त छु, यतिखेर दायाँ खुट्टाको हड्डी नै टुटेपछि अव त बस्न सक्ने अवस्था पनि छैन् । यस अघि जेनतेन जुता सिलाएर भएपनि परिवारको घर खर्च चलाउथे तर आफै हप्तादिन देखि विरामी भएर अस्पतालमा आएपछि श्रीमति सहित ४ जनाको परिवारको खर्च र आफ्नो भाँचिएको खुट्टाको उपचारका लागि खर्च जुटाउन समस्या भएको उनको गुनासो छ ।

सार्कीको दायाँ खुट्टाको हड्डी भाँचिएकोले यहाँ उपचार गर्न सम्भव नभएको जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । एक हप्ता देखि जिल्ला अस्पताल बाजुरामा उपचार गराईरहेका सार्कीको सामुदायिक स्वास्थ्य ईकाइ कार्यक्रम अन्तरगत निःशुल्क उपचार गरिरहेको अध्यक्ष कार्कीको भनाई छ ।

२ वटै खुट्टाका अशक्त रहेकाले उनि आफै हिँडडुल गर्न सक्दैनन्, एउटा ठाउँबाट अर्को ठाउँ जान ह्वील चियरसंगै अर्को व्यक्तिको सहारा लिनुपर्ने वर्षाैदेखिको बाध्यता छ । सार्की सदरमुकाम मार्तडीको गौडाडिलमा करिव २ दशक देखि जुत्ता चप्पल सिलाएर जिविकोपार्जन गरिरहेका थिए । तर अहिले सार्की विरामी भएर अस्पतालमा भर्ना भएपछि उनको परिवारले उपचारका लागि खर्च जुटाईदिन आग्रह गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार